विद्यार्थी संगठनहरूको आन्दोलन र भूमिका यतिवेला अत्यन्तै नाजुक
अवस्थामा पुगेको छ । ०६२/६३ पछिको राजनीतिक परिवर्तनपछाडि त झन् विद्यार्थी
संगठनका नेतृत्व औपचारिकतामा मात्र सीमित रहे । नेपालको राजनीतिक
आन्दोलनको इतिहास खोतल्ने हो भने युवा विद्यार्थीको भूमिकालाई कुनै वस्तु
वा चिजसँग दाँज्नै नमिल्ने गरी सगरमाथाभन्दा उचाइमा पुगेको पाउँछौँ । २००७
सालको जनक्रान्ति होस् या ०३५/३६ को विद्यार्थी आन्दोलन, ०४६ को
पञ्चायतविरुद्ध आन्दोलन होस् या ०६२/६३ को निरंकुश राजतन्त्रविरुद्धको
आन्दोलन । यी सबै आन्दोलनमा सायद युवा विद्यार्थी नजागेको भए देशमा यति
छिट्टै राजनीतिक परिवर्तन अवश्य नै हँुदैनथे होला । २००७ सालको
जनक्रान्तिमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी
पेसाले विद्यार्थी थिएनन् तर आज विद्यार्थी संगठनको नेतृत्वमा रहेकाको
भन्दा कम उमेर पक्कै थिएन । ०३५ सालको विद्यार्थी आन्दोलनमा बलबहादुर केसी,
रामशरण महत, शरणविक्रम मल्ल र कैलाश कार्कीजस्ता क्रान्तिकारी योद्धा
नभएका भए ०३६ सालमा आंशिक रूपमा भने पनि पञ्चायतले घुँडा टेक्ने थिएन । ०४६
सालमा बालकृष्ण खाँण, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी र घनश्याम
भुसालहरूले आन्दोलनको बिगुल नफुकेको भए पञ्चायतको दाह्रा र नंग्रा त्यति
सहज ढंगले फुकालिने थिएन । गुरु घिमिरे, गगन थापा, केशव सिंह, किशोरसिंह
राठौर, महेन्द्र शर्मा, खिमलाल भट्टराई, राजेन्द्र राई, ठाकुर गैह्रे,
लेखनाथ न्यौपानेजस्ता संघर्षशील परिवर्तनकारी अनुहारले आ-आफ्ना विद्यार्थी
संगठनलाई सडक बाघको रूपमा स्थापित नगरेको भए स्वेच्छाचारी राजतन्त्रले १५
महिना पनि नपुग्दै धुलो चाट्ने थिएन र दुई सय ३८ वर्षे शाहवंशको समूल नष्ट
हुने थिएन । दुर्भाग्य भन्नुपर्छ, आज विद्यार्थी संगठनको हालत दया लाग्दो
अवस्थामा पुगेको छ ।
विद्यार्थी संगठनको नेतृत्व पंक्ति यतिवेला पार्टीभित्रका केही व्यक्तिको मुठीमा सीमित छ । आफ्नो वर्गीय मुद्दालाई थाती राखेर सीमित स्वार्थको चौघेरामा उभिएका छन् । ०६२/६३ पछि विद्यार्थी आन्दोलन सुस्ताउन पुग्यो । विश्वविद्यालयमा विद्यार्थी राजनीतिको प्रभाव बिस्तारै हराउँदै जान थालेको छ । आज विद्यार्थी संगठनको राजनीतिक पंक्ति विभिन्न स्वार्थलिप्साको माखे सांलोमा परेको छ । कुनै पनि हालतमा ऊ त्यहाँबाट उम्किन सक्ने अवस्था छैन । ०६४ मा भएको ऐतिहासिक संविधानसभा चुनावपछिको चारवर्षे अवधिमा कुनै विद्यार्थी संगठनले आफ्ना माउ पार्टी र तिनका नेतालाई खबरदारी गर्न सकेनन् । यदि विद्यार्थी संगठनले विगतका अग्रजले खेलेको भूमिकामा आफूलाई उभ्याएको भए सायद नेपालको राजनीति यतिवेला लिलामीमा राखिएको सामानजस्तो हुँदैनथ्यो होला । संविधान नबन्नुमा देशमा स्वेच्छाचारी अधिनायकवादी चरित्र हाबी हुनुमा जति माउपार्टी दोषी छन्, तिनका युवा विद्यार्थी संगठन त्यत्तिकै दोषका भागिदार छन् । विद्यार्थी संगठनको नेताबाट रिटायर्ड भएपछि पार्टीमा मेरो स्थान सुरक्षित हुन्छ कि हुँदैन भन्ने एक्लो विचारले विद्यार्थी नेतालाई गाँज्दै लग्यो । विद्यार्थी संगठनले जहिले पनि आलोचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्छ । जसका कारण राज्य सञ्चालनमा मात्रै होइन, पार्टी सञ्चालनमा पनि यसले सकारात्मक बाटो लिन्छ । तर, गुन्डागर्दी, ठेक्कापट्टाजस्ता विषय आज विद्यार्थी राजनीतिको पर्याय बनेका छन् ।
जनआन्दोलन-२ पछाडि पनि युवा विद्यार्थीका मुद्दा ज्युँका त्युँ छन् । विश्वविद्यालयको शैक्षिक गुणस्तर दिनानुदिन खस्कँदै गएको छ । विश्वविद्यालय प्रशासनसामु विगतमा विद्यार्थी संगठनले राखेका शैक्षिक माग कहाँ छन्, त्यस विषयमा कोही जानकार छैन । विधानतः प्रत्येक २ वर्षमा हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ०६५ देखि आजसम्म हुन सकेको छैन, यसमा विद्यार्थी संगठन 'चु'सम्म गर्दैनन् । त्रिभुवन विश्वविद्यालयका कतिपय आंगिक क्याम्पस विद्यार्थी नभएकै आधारमा बन्द हुने अवस्थामा छन्, त्यसमा कसैलाई चासो छैन । दशकौँदेखि सीमित विषयमा भन्दा अरू विषयमा पढाइ हुँदैन, व्यावहारिक, प्राविधिक र रोजगारमूलक विषय क्याम्पसमा भित्र्याउन दबाब दिनुपर्नेमा यो कुराप्रति पटक्कै चासो छैन । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट कुनै ठोस योजनाविना नै प्रमाणपत्र तह हटाउँदा गरिब जनताका छोराछोरी चर्को मूल्य तिर्न बाध्य छन् । पछिल्ला दिनमा सम्बन्धित पक्षले पेट्रोलियम पदार्थ, ग्यास, दैनिक उपभोग्य वस्तुमा लापरबाही रूपले मूल्यवृद्धि गरिरहेको छ । बदलामा विद्यार्थी संगठनले लज्जास्पद ढंगले औपचारिकता मात्रै पूरा गर्न र झल्याकझुलुक मिडियामा देखाउन मात्रै आन्दोलन गरिरहेको देखिन्छ । पछिल्ला दिनमा हुने आन्दोलन कुनै समस्या समाधानमा भन्दा पनि सस्तो लोकपि्रयता बटुल्न मात्रै केन्दि्रत रहेको भन्दा अन्यथा नहोला । विद्यार्थी राजनीतिको मर्म नै मर्ने गरी गरिने आन्दोलनले न सर्वसाधारणलाई राहत पुग्छ, न त विद्यार्थी संगठन र तिनका नेतालाई नै फाइदा पुग्छ । संकीर्ण र अत्यन्तै साँघुरो मानसिकतामा गरिने राजनीतिले कुनै पनि समय कसैलाई
फाइदा पुर्याउँदैन ।
विद्यार्थी राजनीति राष्ट्रिय राजनीतिको जननी हो । विद्यार्थी राजनीति राष्ट्रिय राजनीतिको मुहान हो । राष्ट्रिय राजनीति सुधार्ने हो भने र राष्ट्रिय राजनीतिको चरित्र स्वच्छ पार्ने हो भने यसको मुहान अर्थात् विद्यार्थी राजनीति सुधार्न अनिवार्य भइसकेको छ । राष्ट्रिय राजनीतिको मुहान अत्यन्तै दुर्गन्धित हुँदै गइरहेको छ । यसले राष्ट्रिय राजनीतिको भविष्यमाथि नै गम्भीर असर पर्छ । सामान्यभन्दा सामान्य कुरालाई गम्भीरतापूर्वक पार्टी नेतृत्वले ध्यान दिने हो भने मात्रै पनि धेरै सकारात्मक परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ । निश्चित अवधिमा अनिवार्य अधिवेशन र शैक्षिक योग्यताको मापदण्डमा पार्टी नेतृत्व गम्भीर हुने हो भने धेरै विकृति र विसंगति हराउँदै जानेछन् । त्रिभुवन विश्वविद्यालयमा हुने स्ववियु चुनावमा मतदाता मात्रै हुन पनि प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्छ ।
नेपाली सेनामा सिपाहीमा जागिर खान आठ कक्षा पास हुनुपर्छ । निजामती सेवाको नायब सुब्बामा प्रतिस्पर्धा गर्न प्रमाणपत्र तह पास हुनुपर्छ । तर, भोलि यो देशको शासन सत्ता सम्हाल्ने भन्ने उद्देश्य लिएर राजनीतिमा लाग्ने मान्छेको शैक्षिक योग्यता निर्धारण हुनुपर्छ कि पर्दैन ? प्रत्येक विद्यार्थी संगठनले यो कुरालाई मनन गर्नुपर्ने अपरिहार्यता देखिन्छ । अर्को पक्ष भनेको नियमित अधिवेशन । अझ बृहत लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको नाताले नेपाल विद्यार्थी संघको हकमा त अधिवेशनलाई महान् पर्वका रूपमा लिन सकिन्छ । नियमित अधिवेशन हुने हो भने संगठनभित्रका विकार तत्त्व आफँै हराएर जानेछन् । हुकुमी प्रथाले कर्मशील जनशक्ति जन्माउन सक्दैन, भजनमण्डली मात्र जम्मा गर्न सकिन्छ । टीके प्रथाले संगठनमा कुमार प्रवृत्तिको होइन, गणेश प्रवृत्तिको बोलवाला चल्छ ।
नेपालको राजनीतिक भविष्य अथवा अगाडिका बाटा त्यति सहज र सरल छैनन् । सबै प्रकारका निरंकुशता र तिनका अवशेषको समूल नष्ट गर्ने अभिभारा युवा विद्यार्थीको काँधमै आइपर्ने हो । अदम्य साहस, उत्साह, निस्वार्थी, कर्मयोगी र शिक्षित जनशक्तिले मात्रै यस्ता बाधा, अवरोध र चुनौतीको सामना गर्ने क्षमता राख्छ । पुरातनवादी सोच र पण्डित्याइँ प्रवृत्तिले अबको विद्यार्थी आन्दोलन अगाडि बढ्न सक्दैन । नितान्त फरक शैली र रचनात्मक शैलीबाट विद्यार्थी संगठनलाई समय सापेक्ष बनाउनुको विपल्प छैन । जस्तो परिस्थिति सिर्जना भए पनि त्यसलाई टुंगोमा पुर्याउने काम विद्यार्थी संगठनकै हो । विद्यार्थी संगठन र तिनका नेतृत्वमा रहने पात्रको चरित्रले पनि ठूलो अर्थ राख्ने हँुदा नेतृत्व पंक्तिमा रहने रचनात्मक, वैज्ञानिक र व्यावहारिक ढंगले विद्यार्थी आन्दोलन बढाउनुको विकल्प देखिँदैन ।