Saturday, June 05, 2010

अझै पनि माओवादी सेना हतियार र वाइसिएलसहित चुनावमा गएर सत्ता कब्जा गर्ने रणनीतिमा छ-सुशील कोइराला

माओवादीले िसंगो देशलाई झुक्याइरहेको छ नेपाली राजनीतिका महानायक
गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेसको भविष्य के होला भन्ने चिन्ता बढिरहेका बेला कार्यवाहक सभापति सुशील कोइरालाले पार्टीलाई सामूहिक रुपमा हाँक्नुभएको छ । जहिल्यै पनि लोकतन्त्रको संस्थागत विकासमा जोड दिने कोइरालाको भूमिकाको सर्वत्र प्रशंसासमेत भइरहेको छ । तीन दलबीचको तीनबुँदे सम्झौता प्रधानमन्त्रीको राजीनामा र नयाँ सरकार गठनबारे कोइरालासँग रिपोर्टस्र नेपाल डटकमका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी :
Q.
तीन दलबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीको राजीनामा त आएन नि ?
A.
जेठ १४ गते तीन दलबीच तीनबुँदे सम्झौता भएको हो । दोस्रो नम्बरको बुँदाअन्तर्गत संविधानसभाको म्याद थप भइसकेको छ । तर पहिलो बुँदा शान्ति प्रकि्रया र संविधान लेखनमा रहेका मतभेद टुंगाउने काम भएको छैन । पहिलो बुँदा पूरा भएपछि प्रधानमन्त्रीले राजीनामा दिने कुरामा कांग्रेस अडिग छ । शान्ति प्रकि्रयाको अभिन्न अंग लडाकुको समायोजन रेखदेख र पुनस्र्थापनामा सहमति नभइकन कसरी राजीनामा दिने ?
Q.
माओवादीले त ५ दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने सहमति भएको भनिरहेको छ नि ?
A.
तपाईंहरुलाई थाहा छ कि छैन प्रचण्डजीले लडाकुको समायोजन व्यवस्थापनको काम एक दिनभित्रै गरिदिन्छु भन्नुभएको थियो । सहमति भएको पनि पाँच दिन बितिसक्यो । खोइ त उहाँले वचन पूरा गरेको माओवादीका भनाइमा षड्यन्त्र र जालझेलमात्र छ ।
Q.
माओवादीले त कांग्रेस एमालेले झुक्काए भनिरहेको छ नि ?
A.
हामीले माओवादीलाई होइन माओवादीले िसंगो देशलाई झुक्याइरहेको छ । कब्जा सम्पत्ति फिर्ता वाइसिएलको अर्धसैनिक संरचना भंग नागरिक पार्टीमा रुपान्तरणलगायतका कुरामा ऊ पटक्कै इमानदार देखिएको भए कांग्रेसलाई राष्ट्रिय संयुक्त सरकार बनाउन कुनै आपत्ति थिएन । तीनबुँदे सहमतिमा हामी प्रतिबद्ध छौं । तर माओवादी सहमति खोज्नुको साटो बैठकै बहिष्कार गरिरहेको छ ।
Q.
अब फेरि सहमति तोडिने भयो त ?
A.
हाम्रो तर्फबाट कुनै पनि हालतमा तोडिँदैन । अहिले राष्ट्रिय सहमति अपरिहार्य छ । दिगो शान्ति लोकतन्त्रको संस्थागत विकास र एक वर्षभित्र संविधान निर्माण अहिलेको आवश्यकता हो । त्यसतर्फ हामी अडिग छौं । माओवादीले कांग्रेसलाई आरोप लगाएर पन्छन पाउँदैन ।
Q.
माधव नेपालको राजीनामा आउँदै आउँदैन त ?
A.
हामीले कहाँ त्यसो भनेका छौँ र कांग्रेस अहिले पनि राष्ट्रिय संयुक्त सरकार बनाउने पक्षमै छ । तर पहिलो बुँदा कार्यान्वयन नभई तेस्रो नम्बरको बुँदा कार्यान्वयन हुँदैन । माओवादी बैठकमै आउन छाड्यो । हस्ताक्षर गर्ने अनि जिम्मेवारीबाट भाग्ने ?
Q.
राष्ट्रिय संयुक्त सरकार बन्यो भने नेतृत्व कसले गर्छ ?
A.
तपाईं पनि माओवादीले जस्तै कुरा नगर्नोस् । अहिले त्यसको वातावरण बनेको छैन । अझै पनि माओवादी सेना हतियार र वाइसिएलसहित चुनावमा गएर सत्ता कब्जा गर्ने रणनीतिमा छ । तर त्यो दिवास्वप्नमात्र हो ।
Q.
अबको सरकारको नेतृत्व कांग्रेसले गर्छ कि गर्दैन ?
A.
कांग्रेसका लागि सरकार गौण हो । कांग्रेस तीनवटा क्रान्तिको नेतृत्व गरेको पार्टी हो । अहिले हामीले शान्ति र संविधानलाई नै प्राथमिकता दिएका छौं ।
Q.
अबको प्रधानमन्त्रीमा तपाईँको चर्चा छ नि ?
A.
मैले कहिल्यै पनि पदका लागि राजनीति गरिनँ । जहिले पनि लोकतन्त्र र सिस्टमका लागि लडेँ । किनभने लोकतन्त्र नै कांग्रेसको प्राणवायु हो ।
Q.
तपाईं प्रधानमन्त्री बन्दैनबन्ने त ?
A.
प्रधानमन्त्री को बन्ने भन्ने ठूलो कुरै होइन । मुख्य कुरा थपिएको एक वर्षमा शान्ति र संविधान सुनिश्चित हुनुपर् यो ।
Q.
नयाँ सरकारमा कांग्रेसको दाबी रहन्न ?
A.
त्यो अहिले भन्ने कुरा होइन । उपयुक्त समय आएपछि कांग्रेसले दाबी गर्न सक्छ । जिम्मेवारीबाट कांग्रेस भाग्दैन ।
Q.
माधव नेपाल सरकारको आयु छोट्टिएको हो ?
A.
त्यो एम्ााले र एमालेका नेताहरुलाई नै सोध्नोस् । सरकारको भविष्य नै एमालेको हातमा छ । १४ जेठको सहमति कार्यान्वयन गरेर मात्र अघि बढ्न सकिन्छ ।
Q.
सरकारबारे गठबन्धन दलहरुबीच समान धारणा छैन नि ?
A.
हाम्रो धारणामा कुनै फेरबदल छैन । हामी माओवादीसहितको सरकार बनाएर अघि बढ्न चाहन्छौं ।
Q.
विदेशी चलखेल बढ्यो भन्छन् नि ?
A.
नेपालका लागि शान्ति महत्वपूर्ण छ । त्यसमा विदेशीले दिनेभनेको सद्भाव र समर्थन हो । विश्व समुदायको सहयोग र समर्थन लिएर हामी अघि बढ्छौं ।