
नेपाली काग्रेसका सभापति सुशिल कोइराला पार्टीकै नेतृत्वमा सहमतिको सरकार बनाउने अभियानमा सक्रिय हुनुहुन्छ । नेपाली राजनीतिका निष्ठाका प्रतिक सरल र सादा जीवन विताउन चाहने कोइराला पार्टीलाई कसरी सुदृढ गर्ने र पदाधिकारी मनोनयन गर्न पनि छलफलमा जुटनु भएको छ । पार्टीमा अनुशासनको पक्षपाती कोइराला सबैलाई समेटेर लैजाने मनस्थितिमा हुनुहुन्छ ।
तीन दलको शिर्ष नेताहरुको बैठक सकारात्मक दिशा तर्फ उन्मुख भएको हो ?
हात्तिबनबाट सुरु भएको बैठक गोकर्ण रिसोर्टमा पुग्दा खेरी केही मात्रामा सकारात्मक दिशा तर्फ अगाडि बढेको हो कि भन्ने निश्कर्ष नेपाली काग्रेसको छ । बजेट ल्याउनकालागी सहमति भएको छ । यो एउटा उपलब्धि हो । देशको आर्थिक स्थिति संकटमा पर्न लागेको बेलामा सोमबारको बैठकले बजेट ल्याउनकालागी तीन जना पूर्व अर्थ मन्त्रीहरुलाई जिम्मा दिएको छ । देशको आर्थिक स्थिति संकटमा जाने हो कि भनेर जुन चिन्ता थियो त्यो निवारण भएको छ ।
भनेपछि अब बजेट पूर्ण आकारकै आउने भो होईन त ? Click title for more ..