नेपाली काग्रेसका सभापति सुशिल कोइराला पार्टीकै नेतृत्वमा सहमतिको सरकार बनाउने अभियानमा सक्रिय हुनुहुन्छ । नेपाली राजनीतिका निष्ठाका प्रतिक सरल र सादा जीवन विताउन चाहने कोइराला पार्टीलाई कसरी सुदृढ गर्ने र पदाधिकारी मनोनयन गर्न पनि छलफलमा जुटनु भएको छ । पार्टीमा अनुशासनको पक्षपाती कोइराला सबैलाई समेटेर लैजाने मनस्थितिमा हुनुहुन्छ ।
तीन दलको शिर्ष नेताहरुको बैठक सकारात्मक दिशा तर्फ उन्मुख भएको हो ?
हात्तिबनबाट सुरु भएको बैठक गोकर्ण रिसोर्टमा पुग्दा खेरी केही मात्रामा सकारात्मक दिशा तर्फ अगाडि बढेको हो कि भन्ने निश्कर्ष नेपाली काग्रेसको छ । बजेट ल्याउनकालागी सहमति भएको छ । यो एउटा उपलब्धि हो । देशको आर्थिक स्थिति संकटमा पर्न लागेको बेलामा सोमबारको बैठकले बजेट ल्याउनकालागी तीन जना पूर्व अर्थ मन्त्रीहरुलाई जिम्मा दिएको छ । देशको आर्थिक स्थिति संकटमा जाने हो कि भनेर जुन चिन्ता थियो त्यो निवारण भएको छ ।
A.
बजेट पूर्ण आकारको नआए कस्तो आउछ त ? बजेट पूर्ण आकारकै ल्याउन सहमति भएको हो । बजेट जस्तो कुरा पूर्ण र अपूर्ण भन्न हुादैन । बजेट पार्टीकोलागी मात्रै होईन समग्र मुलुकको आर्थिक हितको लागी हो । त्यसैले यसमा विवाद गर्नु हुादैन ।
Q.
शिर्ष वार्ताले शान्ति प्रक्रियाको विषयमा के गर्यो त ?
A.
काग्रेसको प्रष्ट अडान छ- शान्ति प्रक्रिया टुङ्गोमा नपुर्याएसम्म कुनै पनि कुरामा सहमति हुादैन । हाम्रो प्रमुख एजेण्ड पनि यही हो । शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याऔ । माओवादीको लडाकुको समायोजन गरौ । वाईसीएलको अर्ध सैनिक संरचना भंग गरी, कब्जा गरिएका सम्पत्तिहरु सबै फिर्ता गरौ । माओवादी नागरिक पार्टीमा रुपान्तरण भईसकेपछि सबै कुरा मिल्छ । हामि शान्ति र संविधानको सुनिश्चितता नभएसम्म सम्झौता गर्ने पक्षमा छैनौ । हामिले बार्तामा पनि यहि कुरा राखेका छौ । माओवादी जिम्मेवार पार्टीको रुपमा प्रस्तुत भएको जस्तो पनि देखिन्छ । त्यसैले म विश्वस्त छु, बार्ताले सकारात्मक परिणाम निकाल्छ । संबाद र सहमति बाटै अगाडि बढनु पर्छ भन्नेमा दलहरु एकमत छन् ।
Q.
उसो भए दलहरुवीच कुरा मिल्छ हैन ?
A.
हामि त जहिले पनि कुरा मिलाउने पक्षमा छौ । नमिल्ने भए त वार्तामा बस्दै बसिदैन थियो नी । काग्रेसले आफ्नो दृष्टिकोण राखिरहेको छ । शान्ति र संविधानमा कुरा मिलीसकेपछि शाक्ती बाडफाडमा पनि कुरा गर्न तयार छ । पहिला विगत देखि अहिलेसम्म भएका सबै सहमति सम्झौता कार्यान्वयन गरौ । र काग्रेसको नेतृत्वमा सरकार गठन गरेर अगाडि बढौ । यहि हो काग्रेसको रोडम्याप ।
Q.
माओवादीले त पहिला शक्ति बाडफाड गरौ भनि रहेको छ नी ?
A.
त्यो सम्भव छैन । पहिला जेठ १४ को सहमतिको बुादा नम्बर १ को शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन के के गर्नु पर्ने हो । त्यो गर्नु पर्यो । माओवादी हतियार विहीन पार्टी हुनु पर्छ । उनीहरुसाग लडाकु र हतियार रहुन्जेसम्म कसरी सम्झौता हुन्छ र सरकार बन्न सक्छ । सक्ति बाडफाड भनेको अन्तिम विषय हो । काग्रेसकोलागी अहिले सत्ता भन्दा पनि शान्ति र संविधान मुख्य प्राथमिकता हो ।
Q.
रामचन्द्र पौडेल प्रधानमन्त्री बन्न सक्नु हुन्छ त ?
A.
किन नसक्नु , अब रामचन्द्र पौडेलकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छ । त्यसमा माओवादी र एमालेले सहयोग गर्नु पर्छ । त्यस्तको विकल्प म देख्दिन । अब प्रचण्ड जी र झलनाथ जीले काग्रेसलाई समर्थन गर्नु बाहेक अर्को बाटो छैन ।
Q.
रामचन्द्र पौडेललाई निर्विरोध घोषणा गराउने कुरा पनि आईरहेको छ नी ?
A.
सर्वोच्चको फैसलाको आशय त्यही हो । रामचन्द्र जीलाई प्रधानमन्त्री बनाउन भन्ने नै हो । काग्रेसले उहाालाई निर्विरोध प्रधानमन्त्री बनाउनु पर्छ भन्ने निर्णय गरिसकेको छ । प्रमुख दलको शिर्ष बैठकमा पनि हामिले यो कुरा राखी सकेका छौ र सभामुख ज्यूलाई पनि हामिले आग्रह गरिसकेका छौ । मलाई लाग्छ सभामुख जीले उपयूक्त निर्णय गरेर निकास निकाल्न सहयोग पुर्याउनु हुने छ ।