
कहिले सम्म उम्मेदवारी फिर्ता नलिने ?
जबसम्म माओवादीले आफूलाई नागरिक पार्टी बनाउँदैन वाइसिएलको अर्ध सैनिक संरचना भंग गर्दैन लडाकु शिविर खाली हुँदैन शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउनका लागि ऊ जिम्मेवार बन्दैन त्यसबेलासम्म मैले उम्मेदवारी फिर्ता लिने कुरै आउँदैन । शान्त प्रकि्रया निश्कर्षमा पुर् याउने सहमति गरौ । अहिलेसम्म भएका सबै सम्झौता र सहमति कार्यान्वयन गरौ । रामचन्द्र पौडेल सहमतिको बाधक बन्दैन ।
तर तपाईलाई त सहमतिको बाधक भन्न थालेनी त मान्छेहरुले ?
.अरु कसले के भन्छन मलाई थाहा छैन । शान्ति र संविधानकोलागी म जस्तो सुकै अपजस सहेर भए पनि अगाडि बढन तयार छु । मेरो उमेदवारी लोकतान्त्रिक ब्यवस्थालाई बलिया बनाउँन नेपाली जनताको चाहना शान्ति र लोकतान्त्रिक संविधान निर्माण गर्नकालागी एउटा वातावरण बनोस र माओवादीले आफूलाई जिम्मेवारी पार्टीको रुपमा प्रस्तुत गरेर मुलुकलाई निका दिन गंभिर होस भन्ने नै मेरो चाहना हो । काग्रेस कहिल्यै पनि सहमतिको वाधक होईन र म पनि सहमतिको पक्षमा छु ।
.सहमति कहिलेसम्म होला त ? Click title for rest story