कहिले सम्म उम्मेदवारी फिर्ता नलिने ?
जबसम्म माओवादीले आफूलाई नागरिक पार्टी बनाउँदैन वाइसिएलको अर्ध सैनिक संरचना भंग गर्दैन लडाकु शिविर खाली हुँदैन शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउनका लागि ऊ जिम्मेवार बन्दैन त्यसबेलासम्म मैले उम्मेदवारी फिर्ता लिने कुरै आउँदैन । शान्त प्रकि्रया निश्कर्षमा पुर् याउने सहमति गरौ । अहिलेसम्म भएका सबै सम्झौता र सहमति कार्यान्वयन गरौ । रामचन्द्र पौडेल सहमतिको बाधक बन्दैन ।
तर तपाईलाई त सहमतिको बाधक भन्न थालेनी त मान्छेहरुले ?
.अरु कसले के भन्छन मलाई थाहा छैन । शान्ति र संविधानकोलागी म जस्तो सुकै अपजस सहेर भए पनि अगाडि बढन तयार छु । मेरो उमेदवारी लोकतान्त्रिक ब्यवस्थालाई बलिया बनाउँन नेपाली जनताको चाहना शान्ति र लोकतान्त्रिक संविधान निर्माण गर्नकालागी एउटा वातावरण बनोस र माओवादीले आफूलाई जिम्मेवारी पार्टीको रुपमा प्रस्तुत गरेर मुलुकलाई निका दिन गंभिर होस भन्ने नै मेरो चाहना हो । काग्रेस कहिल्यै पनि सहमतिको वाधक होईन र म पनि सहमतिको पक्षमा छु ।
मलाई लाग्छ सहमति अब छिट्टै बन्नु पर्छ । नेताहरु गंभिर हुन थाल्नु भएको छ । छलफल घनिभूत रुपमा अगाडि बढिरहेको छ । यसले एउटा निकास दिन्छ भन्ने मैले ठानेको छु ।
तपाईंले उम्मेदवारी फिर्ता नलिए मुलुकमा अनिष्ठ हुन्छ भन्न थालिएको छ नि ?
त्यो कसले भनेको हो उनीहरुलाई नै सोध्नोस् । यो मुलुकमा अनिष्ट चाहने को हो त्यो मलाई थाहा छ । समय आयो भने म खुलासा गरौला । तर मुलुकमा अहिले मेरो उम्मेदवारी फिर्ताले मात्रै समस्या समाधान हुँदैन भन्नेमा सबै दलहरु सहमत छन् । उमेदवारी फिर्ता लिनकालागी पनि एउटा आधार हुनु पर् यो र त्यसले निकास दिन्छ भन्ने विश्वास पैदा हुनु पर् यो ।
तपाईंले उम्मेदवारी फिर्ता नलिई अटेर गरेर बस्नुपर्ने कारण के छ ?
यो शान्ति र लोकतन्त्रका लागि हो । मेरो उम्मेदवारी फिर्ता हुनेबित्तिकै यहाँ ठूलो राजनीतिक र संबैधानिक शून्यता आउँछ । त्यो शून्यताले मुलुकको लोकतन्त्र धरापमा पर्न सक्छ । त्यसैले लोकतान्त्रिक मूल्य र मान्यतालाई बचाउन संसद्को गरिमालाई कायम राख्न पनि मैले उम्मेदवारी कायम राखेको हु ।
उम्मेदवारी फिर्ताको समयचाहिँ घोषणा गरिदिनोस् न त ?
यो अनन्तकालसम्म जान सक्छ । समय अहिले भन्नै सकिँदैन । जबसम्म माओवादीले बोलेका कुरा पूरा गर्दैन तबसम्म फिर्ता हुँदैन ।
तपाईंसँग बहुमत पनि छैन । उम्मेदवारी पनि फिर्ता लिनुहुन्न । नयाँ सरकार बनाउन त्यसले अवरोध पुग्दैन र ?
हेर्नोस् बहुमत पुर् याउनका लागि बाधक को हो त्यो एमालेलाई सोध्नोस् । एमालेले सहयोग गरेको भए पहिल्यै मेरो पक्षमा बहुमत पुगिसक्थ्यो । अन्ततः सबै दलले मलाई नै समर्थन गर्थे । ढिलोचाँडो प्रधानमन्त्री म पनि बन्न सक्छु । त्यो आधार मसँग पनि छ । मलाई एमाले र माओवादीले भोट हाल्ने वित्तिकै राष्ट्रिय सहमतिको सरकार पनि हुन्छ ।
बजेट कुन सरकारले ल्याउने त ?
हामि मुलुकलाई आर्थिक अराजकतातर्फ धकेल्न चाहदैनौ । यहि सरकारले बजेट ल्याउँदा हुन्छ । हामिले बजेट ल्याउनकालागी प्रधानमन्त्रीलाई सहमति दिईसकेका छौ । बजेटलाई कसैले पनि रोक्न मिल्दैन ।