असोज ८ गते बिहानै शिक्षण अस्पताल महाराजगन्ज पुगेका नेता चक्र बाँस्तोलालाई नेपाली कांग्रेसका नवनिर्वाचित सभापति सुशील कोइरालाले मिलेर जाने आफ्नो योजनाबारे भने, "कसरी अगाडि बढ्ने, घर फर्केपछि सल्लाह गर्नुछ।" अस्पतालबाट बाहिरँिदै गर्दा बाँस्तोलाको भनाइ थियो, "शेरबहादुर देउवालाई जिताउन तेस्रो धार खडा भएको भ्रम लाग्यो।" नेपाली कांग्रेसको १२औँ महाधिवेशनको चुनावी संग्राममा तेस्रो धारका कारण आफ्नो भोट काटिने आशंका पालेको थियो, सुशील पक्षले। त्यस समूहले शेरबहादुर देउवा नेतृत्वको बलियो प्रतिद्वन्द्वी समूहका हरेक रणनीतिसँग जुध्ने चेष्टा गर्यो। कोइराला परविारमा देखिएको एकता पनि त्यसैको परण्िााम थियो। कोइरालाहरूबीचको एकताले संस्थापन पक्षीय असन्तुष्टहरूले पनि देउवाको पक्षमा हाम फाल्न सकेनन्, बरु मौनता रोजे।
नेपाली कांग्रेसको १२औँ महाधिवेशनको चुनावी संग्राममा तेस्रो धारका कारण आफ्नो भोट काटिने आशंका पालेको थियो, सुशील पक्षले। त्यस समूहले शेरबहादुर देउवा नेतृत्वको बलियो प्रतिद्वन्द्वी समूहका हरेक रणनीतिसँग जुध्ने चेष्टा गर्यो। कोइराला परविारमा देखिएको एकता पनि त्यसैको परण्िााम थियो। कोइरालाहरूबीचको एकताले संस्थापन पक्षीय असन्तुष्टहरूले पनि देउवाको पक्षमा हाम फाल्न सकेनन्, बरु मौनता रोजे।सुशील र देउवाबीच कडा प्रतिस्पर्धा रह्यो। दुई पार्टी एकीकरण गर्दा स्वर्गीय गिरजिाप्रसाद कोइरालाले निकालेको ६० र ४० को सूत्र अनुसार नै उनीहरूले मत प्राप्त गरे। शेरबहादुर देउवाले ४० प्रतिशतलाई करबि ४३ प्रतिशतमा पुर्याए, सुशील कोइराला ६० प्रतिशतबाट झरेर करबि ५३ प्रतिशतमा सीमित रहे। कांग्रेस महाधिवेशनको मत परण्िाामको विश्लेषण हो यो।
देउवाले चुनाव हारे पनि आफ्नो आधारभूमि फराकिलो बनाउन सफल भएको सन्देश दिन सफल भए। सुशीलले मौन मतबाट चुनाव जिते, चहलपहलका मत देउवालाई नै गए। अर्थात्, चलायमान मत देउवालाई गयो भने मौन मत सुशीलको पोल्टामा पर्यो। एक युवा नेताको विश्लेषणमा देशभरबिाट छानिएर आएका महाधिवेशन प्रतिनिधिहरूमध्ये विगतमा कांग्रेस प्रजातान्त्रिक भनेर चिनिएका मतदाताको संख्या करबि आठ सयको हाराहारी थियो भने संस्थापन भनेर चिनिएका मतदाता करबि २ हजार २ सय। कतिपय जिल्लामा त सुशील र देउवा समूहका मतदाताको संख्या ८० र २० प्रतिशतको अनुपातमा थियो। तर, देउवाले १ हजार ३ सय १७ मत पाए भने सुशीलले १ हजार ६ सय ५२ मत।
यसरी भयो जित-हार
परण्िाामले ३ सय ३५ मतको अन्तर देखाए पनि सुशील पक्षका लागि समेत चुनाव फलामको च्युरा सावित भयो। महामन्त्रीको दाबी छोड्नु परेको पीडामा रहेका अर्जुननरसिंह केसीलाई अन्तिम समयमा सुशीलले थामथुम पारे। उनलाई आफ्नो पोल्टामा पार्ने देउवाको प्रयास सफल हुन सकेन। देउवाले केसीलाई आफ्नो पक्षमा तान्न सकेका भए मतको अन्तर निकै कम हुने विश्लेषण कांग्रेस वृत्तमा गरँिदैछ। यसबाट देखिन्छ, मत सुरक्षाको रणनीतिमा सुशील सफल देखिए, त्यसैले मत कब्जाको रणनीतिमा देउवा खरो उत्रिन सकेनन्।
सुशीलले पार्टी एकीकरण हुँदा कांग्रेस प्रजातान्त्रिकमा रहेका प्रकाशमान सिंहलाई आफ्नो प्यानलको महामन्त्री उम्मेदवार बनाए। सिंह प्रजातान्त्रिकका स्थापित नेता थिए। त्यही कारण उनी देउवा समूहबाट मत तान्न सफल रहे। अझ, सिंहले आपmनो प्यानलबाट सभापतिका उम्मेदवार सुशीलको भन्दा चार मत बढी ल्याए। उनले स्वर्गीय गणेशमान सिंहका पुत्र भएको फाइदा पनि उठाउन पाए।
गिरजिाप्रसाद कोइरालाको निधनबाट पनि सुशीलले मत बटुले। यसले गिरजिाप्रसादको उत्तराधिकार सुशीलले पाएको पुष्टि गर्यो। विदेशका सम्पर्क समितिहरूबाट सुशीललाई समर्थन आयो। विदेशका ६३ मतमध्ये करबि ४० मत सुशीललाई आयो।
सुशीलले कांग्रेसको नेतृत्व आफ्नो पोल्टामा पार्नुका मुख्यतः चारवटा कारण थिए। पहिलो कारण, मतदाता विगतकै दुईवटा पार्टीका संरचनामा बाँधिएका थिए। तलैदेखि मतदाता संस्थापन र प्रजातान्त्रिक कांग्रेसको खेमामा विभाजित थिए। दोस्रो, गिरजिाप्रसाद सरकारमा गएदेखि नै कांग्रेस संगठनको हर्ताकर्ता सुशील नै थिए। पार्टीको पूर्वाधार आफ्नो हातमा रहेको फाइदा सुशीललाई भयो।
तेस्रो, सरकारमा नगएको र लाभको पदमा नबसेको कारण थियो, जसले सुशीललाई सकारात्मक मत परण्िााम दिलायो। यस्तै, चौथो कारण लोकतन्त्रको सुरक्षा कोइराला परविारबाट मात्र हुने प्रचार गरएिको थियो। त्यसले मतदातामा सुशीलप्रति सकारात्मक सन्देश प्रवाह गर्यो।
उता, विगतमा देउवासँग असहमत भए पनि देउवा समूहमा खुमबहादुर खड्काको हालीमुहाली रह्यो। आफ्नो प्यानलबाट देउवाले खड्कालाई मुख्य आधारका रूपमा प्रस्तुत गरेका थिए। खड्काको विवादास्पद छविलाई भजाउँदै सुशील समूहले देउवाको विरुद्ध प्रचार गर्यो। खड्काको पश्चगामी छविले यतिखेर देउवालाई घाटा गरेको आकलन गरँिदैछ कांग्रेसवृत्तमा। तेस्रो धारका नेता चक्र बाँस्तोलाका अनुसार, धेरै मतदाताको बुझाइ देउवाले जितेमा पार्टी र लोकतन्त्र संकटमा पर्ने थियो। "अझै पनि पार्टी संकटबाट गुजि्ररहेको ठम्याइ धेरै मतदातामा पाइयो," बाँस्तोला भन्छन्, "शेरबहादुरको विवादास्पद छविप्रति मतदाता सशंकित भेटिन्थे।" उनको बुझाइमा सुशीलले पाएको मत देउवाको पराजयको चाहनाका मत पनि हुन्।
अर्कातिर, देउवाको खड्कासँगको गठबन्धन छविभन्दा शक्ति संकलनका लागि मात्र देखियो। र, खड्काको विवादित छविले देउवालाई घाटा पुग्यो। खड्का पार्टी विभाजनमा देउवासँग थिए भने पछि माउ पार्टीमै फर्किएका थिए। त्यस्तै डेढ वर्षअघि सुजाता कोइरालालाई कांग्रेसको नेतृत्व गरेर मन्त्रिमण्डलमा पठाउने निर्णयमा समर्थन जनाएका देउवाले निर्वाचनमा सुजाताको साथ पाएनन्। भइदियो के भने न त प्रकाशमानलाई उनले फर्काउन सके, न सुजाता नै उनको पक्षमा उभिइन्।
अझ, रसिाएर आफ्नो समूह छाडेका नारायण खड्का, बलबहादुर केसी, चिरञ्जीवी वाग्ले र दीपकुमार उपाध्यायलगायतलाई देउवाले फर्काउन सकेनन्। पूर्णबहादुर खड्कालाई फर्काए पनि सक्रिय बनाउन सकेनन्। प्रदीप गिरीलाई फर्काउन सफल भए तर उनी लगभग तटस्थ भूमिकामै देखिए।
देउवाको अर्को कमजोरी संस्थापन र आप्mनो समूहबीच खेल्ने ठाउँ राख्न नसक्नु पनि हो। कांग्रेसभित्र अझै पनि प्रभाव रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको समर्थन विमलेन्द्र निधिलाई थिएन, अरू मधेसी दलहरू पनि कांग्रेसमा मधेसबाट स्थापित नेतृत्व नआओस् भन्ने कुरामा सचेत थिए। निधिले महामन्त्रीको दौड हार्नुको अर्को कारण चित्रलेखाको उम्मेदवारी पनि थियो। तराईबाट निधि एक्लै लडेको भए उनले त्यहाँको भावनात्मक भोट पाउन सक्थे। चित्रलेखाको उपस्िथतिले मधेसी मतदातालाई विकल्प दियो र निधिले मत पाएनन्, जसको असर उनको पूरै प्यानलमा पर्यो।
देउवाको कमजोरी मुख्य रूपमा गिरजिाप्रसादसँग ४०/६० को अन्तरलाई स्वीकार्नु थियो। देउवालाई ५० प्रतिशतमा पुग्न त कठिन भयो नै, कांग्रेसभित्र ४० प्रतिशतका नेतामा सीमित गरििदएको यस निर्वाचनले प्रस्ट सन्देश दिएको छ। उनले संविधानसभाको निर्वाचन र संसदीय बोर्डमा समेत ४० प्रतिशतको भागबन्डामा चित्त बुझाएका थिए।
देउवाको कमजोरी अर्को पनि छ। संसदीय दल या पार्टी सभापति के रोज्ने भन्ने निर्धारण गर्न नसक्नु। दुवै पदमा निर्वाचनमा जानु उनको गम्भीर त्रुटि थियो। फेर िबीचमा प्रधानमन्त्रीको दाबेदार बन्नु पनि उनको पदलोलुपताको उदाहरण बन्न पुग्यो।
टिम र परिणाम
सुशीलको समूहमा मुख्य भूमिका निर्वाह गर्नेहरूमा सशांक, शेखर र सुजाता कोइराला एवं आमोद उपाध्याय र कृष्ण सिटौला मुख्य रूपमा देखिए। खासगरी सशांकले व्यवस्थापकीय दक्षता देखाए। प्यानलमा पर्न यसपटक सशांकको निवासमा कार्यकर्ताको भीड देखिन्थ्यो। सशांकले नै अन्तिम समयमा सुशीलको प्यानल परविर्तन गरििदएका थिए। पहिलेको सूचीमा गगन थापा थिएनन्, पछिल्लो सूचीमा गगन थापा र चन्द्र भण्डारीले प्रवेश पाए। पहिलेको सूचीमा रहेका वसन्त गौतम, सुनील भण्डारी, लक्ष्मण भण्डारी, गोविन्दराज जोशीलाई पछिल्लो सूचीबाट बाहिर पारएिको थियो। मतदान सुरु हुनुभन्दा एक घन्टाअगाडि परविर्तन गरएिको उक्त सूची हतारमा आफ्ना मतदाताको हातमा पुर्याइएको थियो। सोही कारण गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, दीपक गिरी, गोविन्द भट्टराईलगायतका युवा नेताहरू अहिले सशांकको नजिक पुगेका छन्।
सुशीलको पहिलो प्यानल सूची असोज ४ गते राती सुशीलको निवासमा बसेर बनाइएको थियो। जसका निर्माता आनन्द ढुंगाना, पुरुषोत्तम बस्नेत, वसन्त गौतमलगायत थिए। पार्टी विभाजन हुँदा संस्थापनमै रहेका गोविन्दराज जोशी तथा प्रजातान्त्रिकमा गएर पार्टी एकीकरणपछि संस्थापननिकट देखिएका चिरञ्जीवी वाग्ले, बलबहादुर केसीजस्ता विवादित छविका नेताहरू सुशील प्यानलमा रहे पनि केन्द्रीय भूमिकामा थिएनन्, सेरोफेरोमा मात्रै देखिए। खासमा उनीहरू केन्द्रीय सदस्यको सूचीमा पर्ने रणनीतिमा मात्र देखिए।
सुशीलको ठीक विपरीत देउवा खेमामा विवादित छविका खुमबहादुर खड्का मुख्य सहयोगी थिए। यसबाहेक देउवाको पक्षमा चुनावी माहोल तयार पार्ने मुख्य कर्ताधर्ता विमलेन्द्र निधि, मीनेन्द्र रजिाल, प्रकाशशरण महत, बालकृष्ण खाँड र देउवापत्नी आरजु राणा थिए।
तेस्रो धारको अंकगणित
"कांग्रेसमा अझै परपिक्वता आएको देखिएन," तेस्रो मोर्चालाई मत नआउनुबारे उक्त धारका नेता चक्र बाँस्तोला भन्छन्। सुशीलले चुनाव जित्नुको अर्को महत्त्वपूर्ण पाटो तेस्रो धारको पक्षमा खसेको मत पनि थियो। उक्त धारबाट सभापतिका उम्मेदवार भीमबहादुर तामाङले उल्लेख्य मत ल्याउने धेरैको आकलन गलत सावित भयो। तामाङको पक्षमा मत बढेको भए सुशीललाई पहिलो चरणमा निर्वाचन जित्न हम्मेहम्मे पथ्र्यो। तामाङले उल्लेख्य मत आकषिर्त गर्न नसक्नुको एउटा महत्त्वपूर्ण पाटो तेस्रो धारको सांगठनिक आधार बलियो नहुनु नै हो। यसैकारण मतदाताले उनको प्यानललाई धारका रूपमा लिएको देखिएन। उक्त धारका सभापति तामाङ मात्र नभई महामन्त्रीका उम्मेदवार नरहर िआचार्य र कर्ताधर्ताका रूपमा देखिएका चक्र बाँस्तोलासमेत तलैदेखि गुटबन्दी भएको कांग्रेसभित्र सांगठनिक आधार कमजोर भएका नेता मानिन्छन्।
तेस्रो धारको लज्जास्पद प्रदर्शनका अरू धेरै आयाम पनि छन्। तीमध्ये एक हो, भीमबहादुर तामाङको आयाम। उनी कोइराला परविारसँग पुरानो निकटता भएका नेता हुन्। त्यसैले उनी दिगोपनका नेता होइनन् भन्ने प्रचार सुशील र देउवा दुवै खेमाका नेताले गरे। तेस्रो धारको नराम्रो पराजयका पछाडि कांग्रेसभित्र नयाँपन र नयाँ खोजीभन्दा पनि यथास्िथतिवादी विचार हावी हुँदै जाँदाको परण्िाामका रूपमा पनि चित्रण गर्न थालिएको छ।
यद्यपि, नैतिक राजनीति कांग्रेसमा जिउँदै छ भन्ने प्रमाण भने भीमबहादुरको राजनीतिबाट देखिएको छ। तामाङले तडकभडक रोजेनन्। आफ्नो सादगीपूर्ण जीवनशैलीलाई नै निर्वाचनमा पनि पछ्याए। उनले पाएको ७८ मतदाताको मत मूल्य र मान्यताको राजनीतिको प्रतीकका रूपमा पनि हेर्न सकिने उनका समर्थकहरूको दाबी छ। "बरु लज्जास्पद हार बेहोरे तर जनजातिको भावनालाई बिक्री गर्न चाहेनन्," युवा नेता गगन थापा भन्छन्, "यहीँनेर तामाङले आफ्नो निष्ठाको राजनीतिलाई जोगाए।"
सुशील पक्षका एक युवा नेताको भनाइमा तेस्रो मोर्चा प्रतिक्रियात्मक जमातका रूपमा मात्र रहन पुग्यो। कारण, तेस्रो धारमा तीन जना नेता मात्र रहे। अमरराज कैनीले पनि अन्तिम समयमा आएर सुशीललाई समर्थन गरे।
जुन निष्ठा र आदर्शको राजनीतिको नारा तेस्रो धारले तामाङका लागि उरालेको थियो, ठीक त्यसरी नै सुशील समर्थकले उनको निष्ठा र आदर्शको राजनीतिको नारा उरालेका थिए। जुन सादा जिन्दगीको कसीमा तामाङको मूल्यांकन गरयिो, त्यही कसीमा सुशीलको पनि भयो। त्यही कारण कांग्रेसका मतदाताले तामाङ र सुशीलमा फरक देखेनन् र जित्ने उम्मेदवारको हिसाबले सुशीललाई नै मतदान गरे।
कसीमा सुशील
०३४ सालमै कांग्रेसको केन्द्रीय सदस्य बनिसकेका भए पनि सुशीलले सधैँभर िलो-प्रोफाइल रोजे। ०४६ सालभन्दा अघि उनी कुनै ठूलो हैसियतमा रहेनन्। शेरबहादुर देउवाहरू नेता भइसक्दा पनि सुशील गिरजिाप्रसादको निजी सहयोगी मात्र थिए।
लामो समय आफूलाई छायाँमा राखेका सुशील कांग्रेसवृत्तमा संकीर्ण सोचका नेताका रूपमा पनि परििचत छन्। बीपीको बफादार सहयोगी भएर उनी सुरुदेखि नै कोइराला परविारकै सदस्य देखिए। बीपीको निधनपछि उनी सुशीला कोइरालाको पनि निकटका सहयोगी भए। खासगरी परविारको व्यावहारकि व्यवस्थापनमा उनको भूमिका उल्लेखनीय मानिन्छ।
उनको व्यवस्थापकीय कमजोरी त महाधिवेशनमै प्रस्ट देखिइसक्यो। त्यसमाथि यिनी निर्णय क्षमता पनि नभएका नेताका रूपमा कांग्रेसजनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि परििचत छन्। महाधिवेशनकै सेरोफेरोलाई तुलना गरौँ। कांग्रेस महाधिवेशनका मुख्यतः तीनवटा जटिल समस्या थिए। पहिलो आर्थिक स्रोत जुटाउने पक्ष, जसको व्यवस्थापन दीपकुमार उपाध्यायले गरििदए। पार्टीलाई समावेशी बनाएपछि जटिल बनेको निर्वाचन प्रणाली राधेश्याम अधिकारीले थामिदिए। परम्परागत रूपमै जटिल समस्या बनेको क्रियाशील सदस्यताको विवाद नरहर िआचार्यले सुल्झाइदिए। यी तीनवटै जटिल समस्या समाधानमा सुशीलको भूमिका देखिएन।
सुशीलको जीवनशैली तडकभडकपूर्ण छैन। उनीसँग परविार, पार्टी र सभापतिमा पराजित देउवालाई व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी त छँदैछ, पहिले त परविार नै मिलाउनुपर्ने अवस्था देखिन्छ -हेर्नूस्, बक्स)। त्यसमा पनि मुख्य चुनौती सुजाताको व्यवस्थापन नै हो। प्रकाशमानले आफ्नो क्षमताको कति उपयोग गर्न सक्छन्, हेर्न बाँकी छ। तर, उनी सुजाताजस्ता अप्ठ्यारा छैनन्।
देउवाले पाएको १ हजार ३ सय मत थोरै होइन। आउँदा दिनमा सुशीलसँग असन्तुष्टि बढ्ने क्रमसँगै त्यो मत पनि बढ्दै जानसक्छ। देउवालाई समेटेर लैजाने सुशीलको एउटा मुख्य चुनौती हो। त्यसका तीनवटा तरकिा छन्। पहिलो, उनलाई पूरै बढारेर अघि बढ्ने, दोस्रो सम्मानका नाममा भागबन्डाको राजनीतिलाई निरन्तरता दिने र तेस्रो संस्थागत ढंगले ठाउँ दिने। दुईवटा तरकिा अपनाए भने पार्टी दुर्घटनामा पर्न सक्छ। तर, तेस्रो उपाय अपनाए भने पार्टी एक भएर अघि बढ्न सक्छ। र, त्यसको प्रभाव कांग्रेसको दूरगामी राजनीतिमा पर्न सक्छ।
सुशीलले आफ्नो मुख्य टिम कसरी तयार गर्नेछन्, त्यसमा पनि उनको क्षमता झल्किनेछ। आफ्नै परविारको व्यवस्थापन कसरी गर्नेछन् या हारेको पक्षलाई कसरी चित्त बुझाउँछन्, खासगरी देउवालाई समाहित गराउने चुनौती उनीसामु छ। यिनै तथ्यमा सुशीलको भविष्यको यात्रा कठिन या सहज के हुनेछ, त्यसको प्रतिविम्ब देखिनेछ।
"देशको राजनीति पार्टी र आफूलाई केन्द्रमा राखेर अघि बढाउने ठूलो चुनौती हो सुशीलको," नेता बाँस्तोला भन्छन्। उनका अनुसार सुशीललाई कुटिल एमाले र चतुर माओवादीसँग डिल गर्नुपर्ने मुख्य चुनौती छ। यी दुवै मोर्चामा उनी कसरी प्रस्तुत हुन्छन्, उनको देशको राजनीति अघि बढाउन सक्ने क्षमता त्यहीँबाट प्रस्ट हुनेछ।
राष्ट्रिय राजनीतिमा कांग्रेस अब आत्मविश्वासका साथ अगाडि आउने युवा नेता गगन थापाको बुझाइ छ। त्यसको अर्थ अलि बढी स्थान खोज्नेछ। प्रधानमन्त्रीको निर्वाचनमा देउवाको पक्षबाट रामचन्द्र पौडेलप्रति प्रतिक्रियात्मक मत आउनेछ। देउवालाई सहयोग नगरेको मूल्य रामचन्द्रले महाधिवेशनको मत परण्िााममै चुकाउनुपर्नेछ। उनले लिँदै आएको मध्यमार्ग छोडेर उनी अन्तिम समयमा सुशीलको प्यानलमा खुम्चन पुगे। जसको कारण देउवा उनीसँग रुष्ट भएका छन्। त्यसैले उनी यसपटक सबैभन्दा बढी मत पाउने सम्भावनाबाट चुक्न सक्छन्।
यद्यपि, रामचन्द्रलाई प्रधानमन्त्रीको चुनावी दौडमा बसाएर त्यसलाई राष्ट्रिय सहमतिको मार्ग पछ्याउने अवसर भने सुशीलसँग कायमै छ। त्यो कदम देशको राजनीतिलाई सही ट्रयाकमा अघि बढाउन कोसेढुंगा पनि हुनसक्छ।
देउवाको भविष्य
कांग्रेसका वरष्िठ नेता देउवा एक वर्षभित्रै पार्टीका दुईवटा निर्वाचन हारसिकेका छन्। अब उनको हारको 'ह्याटि्रक' मात्र बाँकी छ। तर, त्यसो भन्दैमा उनले सभापतिको निर्वाचनमा ल्याएको मतलाई कमजोर आँक्न कुनै हालतमा मिल्दैन।
यद्यपि, उनको पराजयले उनका कमजोरी देखाउँछन्। सानो घेराको उठबसबाटै चुनाव जितिन्छ भन्ने मानसिकताबाट उनी बाहिर निस्िकनु जरुरी भएको यस निर्वाचनले देखाएको छ। उनको भविष्य सकिएको आकलन गर्नु भने गलत हुनेछ। कारण, आफूभन्दा तलका युवाहरूलाई अवसर, स्थान र जिम्मेवारी दिने कुरामा देउवा हिजो गिरजिाप्रसाद र आज सुशीलभन्दा अगाडि छन्। यद्यपि, आफैँले अवसर दिएकाहरूलाई आफूसँग राख्न नसक्नु यिनको मुख्य कमजोरी देखिएको छ। त्यो कला र सीपमा देउवा कमजोर देखिएका छन्। तर, सुशीलले पार्टीलाई कसरी व्यवस्थापन गर्छन् भन्ने कुरामै देउवाको राजनीतिक भविष्य पनि गाँसिएको छ।
परिवार व्यवस्थापन नै चुनौती
कोसी अञ्चलबाट सुशील कोइराला पक्षका दुई जना केन्द्रीय सदस्यका प्रत्यासी थिए, आमोद उपाध्याय र अशोक कोइराला। दुवै कोइराला परविारनिकट हुन्। तिनीहरूको व्यवस्थापनमा सुशीलदेखि शेखर, सशांक र सुजातासम्मको बल लगाउनुपर्यो। टिम व्यवस्थापनमा मुख्य भूमिका निर्वाह गरेका सशांकले नातामा सुशीलका सहोदर भाइ अशोकलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरे।
यसले के संकेत गर्छ भने परविारभित्र रहेका आकांक्षीहरूलाई व्यवस्थापन गर्न सुशीललाई आगामी दिनमा सहज छैन। कोइराला परविारभित्र विगतमा मूलतः तीनवटा स्रोत थिए। जस्तो- मुख्य स्रोत बीपी कोइराला थिए। अहिले बीपीका जेठा छोरा प्रकाश कांग्रेस राजनीतिबाट धेरै टाढा पुगिसकेका छन्। माइला छोरा श्रीहर्षले राजनीतिसँगको नाता तोडिसकेका छन्। कान्छा छोरा सशांकले भने कांग्रेस राजनीतिमा आफ्नो परविारको प्रतिनिधित्व गररिहेका छन्। सुशीलको टिम व्यवस्थापनमा मुख्य भूमिका निर्वाह गरेका उनको चाहना पार्टीको संगठनमा भूमिका निर्वाह गर्नु त छँदैछ, त्यससँगसँगै जोडिएको छ, उनको आकांक्षा पनि। त्यसको व्यवस्थापन सुशीलले नै गर्नुपर्नेछ।
कोइराला परविारको दोस्रो स्रोत गिरजिाप्रसाद कोइराला नै हुन्। उनकी छोरी सुजाताले पार्टी महामन्त्रीको उम्मेदवार हुने बताए पनि उपसभापतिमा मनोनीत गरनिे सर्तमा उम्मेदवारी नदिन सहमत भएकी थिइन्। यदि सुजातालाई उपसभापति दिने हो भने निर्वाचन परण्िााम आफ्नो पक्षमा पार्न भूमिका निर्वाह गरेका रामचन्द्र पौडेलको स्थान कहाँ त ? यस प्रश्नले सायद सुशीलको पनि दिमाग खाएको होला।
त्यसपछि तेस्रो स्रोत केशव-नोनाको परविार हो। उनीहरूका जेठा छोरा निरञ्जन कांग्रेस राजनीतिबाट मात्र नभई देशबाटै पलायन भइसकेका छन्। कान्छा छोरा शेखर अहिले आफ्नो परविारको प्रतिनिधित्व गर्छन्। खासगरी मोरङको राजनीतिक र सामाजिक क्षेत्रमा तगडा पकड राख्ने शेखर परपिक्व र सुझिएका युवा कोइराला मानिन्छन्। उनलाई किनारा लगाएर अघि बढ्न पनि सुशीललाई सजिलो छैन।
यी तीनबाहेक कोइराला परविारको चौथो स्रोत पनि छ, त्यो सुशील कोइरालाकै परविार। सुशीलका माइला भाइ अशोक मोरङ कांग्रेसका नेता हुन्। उनको आकांक्षा केन्द्रीय सदस्यका लागि देखिइसकेको छ। अब उनको व्यवस्थापनको चुनौती सुशीलसामु खडा भइसकेको छ। कान्छा भाइ अरुणले बाँके कांग्रेसको सभापति जितेका छन्। उनी तत्काललाई त्यही जिम्मेवारीमा रहनेछन्।
कांग्रेस राजनीतिमा कोइराला परविारको वर्चस्व नै देखिँदै आएको छ। त्यही अग्राधिकार खतरामा छ भनेर कोइरालाहरू अहिले एक ठाउँमा उभिएका हुन्। त्यसको उदाहरण सुशीललाई बुद्धनगरको साँघुरो कोठाबाट महाराजगन्जस्िथत गिरजिाप्रसादको निवासमा सारएिको कुरालाई पनि लिन सकिन्छ। महामन्त्रीको दाबेदारी नछाड्ने अडानमा रहेकी सुजाताले पनि अन्तिम समयमा आएर आफ्नो जिद्दी छाडिन् र सुशीलको भनाइ मानिन्। यस्तोमा सिंगो कोइराला परविारको व्यवस्थापन कम चुनौतीपूर्ण छैन, सुशीलका लागि।
source:nepal weekly