Saturday, October 10, 2009

माओवादीद्वारा कांग्रेस सभामा आक्रमण

एकीकृत नेकपा माओवादीका कार्यकतार्ले नेपाली कांग्रेसको सभामा आक्रमण गरेका छन् । शुक्रबार अपरान्ह कांग्रेसले विकट गाउं सोहरकोटमा आमसभा गरिरहदा माओवादीले आक्रमण गर्दा दर्जनौं घाइते भएको समाचार प्राप्त भएको छ ।
घटनामा कांग्रेस जिल्ला समिति सदस्य देवीलाल मल्ल, मञ्जन कार्की, ज्ञानप्रसाद चौलागाइं, कमला शाही, टोपबहादुर बुढालगायत गम्भीर घाइते छन् । उनीहरुलाई हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
घटनास्थल सदरमुकाम गमगडीबाट १८ कोस टाढा भएकाले ढिलो गरी समाचार बाहिर आएको हो । माओवादीले सभा बिथोलेपछि कांग्रेस कार्यकर्ता प्रहरी चौकीमा सुरक्षा लिन पुगेका थिए । त्यहां पनि आक्रमण गरी चौधी क्षतिग्रस्त बनाएका छन् । कांग्रेस कार्यकर्ताहरु भागेर सदरमुकाम गमगढी पुगेका छन् ।