Monday, October 26, 2009

गिरिजाबाबु जिन्दावाद सुजाता जिन्दावाद








गिरिज्जा बाबु तिम्रो पार्टी र पार्टीमा रहेका बाँकी सबै चौथोलिंगी जस्ता भएका नेताहरु वास्तवमै कन्याम भएका भए पनि तिमी र तिम्री छोरी सुजाता काइराला (जोष्ट) वास्तवमै महान छौ । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएको कुरा ति म्रा हरेक व्यवहारले पुष्टि गरिरहेका छन् । भर्खरको घटना, छोरी सुजाता परराष्ट्र्र मन्त्रीबाट प्रमोसन भएर उपप्रधानमन्त्री भइन । आफ्नो पुज्य बाबुले छोरीलाई दशैमा दिएको दक्षिणा हुनु पर्छ यो प्रमोसन उहाँ कांग्रेसका लागि जेल नेल खाने र प्रजातान्त्रिक समाजवादको सिद्धान्तका लागि जीवन फालेका विचरा नेताहरु तयार होउ परिस्थितीको सामना गर्न । हुनत ति म्रो प्रगतिमा आंखा लगाउनेहरुका लागि यो सानो प्रोमोसन असैह्य भएको छ होला, तर म एउटा नारी भएको कारणले पनि उपप्रधानमन्त्रीज्यूको प्रमोसनको खुलेर समर्थन गर्दछु । सायद व्युटी पार्लर संघको सदस्य हुन्थे भने पत्रिकाको पहिलो पानामा ठुला ठुला रंगीचंगी अक्षरमा बधाईका भावहरु पोख्थेंहोला । तर आज यी वांगाटिङ्गा अक्षरहरुले भएपनि भित्री हृदयदेखिका बधाइ भाव टक्र्याउँछु सम्माननीय उपप्रधानमन्त्री सुजताज्यू - वास्तबमै गिरिजा बाबु एउटा भाग्यामानी नेता र बाबु दुवै हुन ? उनकी पुत्रीको जर्मन नागरिकसंग विहेवारी भए पनि मातृभूमि प्रतिको माया मार्न नसकि नेपाल फर्किएकी छन् सुपुत्री सुजाता । आजभोली नेपालीहरुले युरोप अमेरिकाको भिषा पाउँदा साथ स्वदेशको माया र आफ्ना बृद्ध माता पिताप्रतिको कर्तव्यलाई चटक्कै बिर्सेर सकभर नेपाल फर्कदैन चाहादैनन् । तर जर्मनीको सफा र सुन्दर वातावरणलाई लात हानेर नेपालको दुर्गन्धित वातावरणमा बस्नुु भनेको सामान्य कुरा होइन । आफ्नो सौन्दर्य र स्वास्थ्यलाई परवाह नगरी देशको लागि यत्रो त्याग गरेको कुरालाई आम नेपालीले पक्कै पनि सामान्य हिसावले लिएका छैनन् । उनको यो त्यागको वदलामा एक दिन पक्कै पनि उनलाई नेपाल देशको प्रधानमन्त्रीको ताज नेपाली जनताले भिराइदिनेछन् । जुन दिन नेपाली इतिहासमा महिलाको लागि स्वर्णिम हुनेछ । सम्पूर्ण गरिब, अशिक्षित र बेरोजगारीको शिकार भई निम्नस्तरको जीवन जीउन बाध्य भएका महिलाई क्रेनले जस्तै तानेर माथि लग्ने छिन त्यसबेलाकी सम्माननीय प्रधानमन्त्री सुजाताले वाहां - उनको बौद्धिकस्तर, भाषण गर्ने कला र अन्तरवार्ता सुन्दा पनि लाग्छ उनको स्तर उपप्रधानमन्त्री भन्दा माथि जानु पर्छ । खाटि कुरा गर्दा एक दिन सुजाताको नाम नेपालका दुइ महिला ताराहरु भृकुटी र सीतासंगै आउने छ । अनि हाम्रा सन्तानहरुले यिनको नाम र कर्मको अमर इतिहासको अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन । आहां कति भाग्यमानी छोरी !विभिन्न काण्डहरुमा मुछिए पछि पनि उनको मुद्धाको फैसला दिन नेपालको न्यायलयलाई १००० वर्षपक्कै लाग्ला । नेपाली महिलाहरु पुरुषहरुभन्दा धेरै पछाडी भएको कारणले गर्दा नेपाल पछाडी छ । धेरै बाउ आमा छोरीलाई डोको नाम्लो थमाइ दिन्छन र छोरालाई स्कुल पठाउछन् । जनताहरु यती मुर्ख छन की जनचेतना दिए पनि छोरा र छोरीलाई समान व्यवहार गरेका छैनन् । सायद हाम्रा भूतपूर्व राज्यप्रमुख श्री गिरिजा प्रसाद कोइरालाले यिनै अज्ञानी बाबु आमालाई राम्रो उदाहरण दिनलाई होला छोरीलाई एक पछी अर्को ताज दिएका । सम्पूर्ण बाबु आमाले गिरिजाबाबुको तकनिकी अपनाएमा रातारात छोरीको स्तर ९० ड्रि्रीको कोणमा जस्तै सिधै माथि पुग्ने छ । यति धेरै छोरीलाई कसले माया गर्छ ? बिचारा बुढाले छोरी र देशको लागि प्राकृतिक अक्सिजनले नपुगेर नाकबाट कृत्रिम रुपमा पाइप लगाई छिराएर भए पनि बांचेका छन् । छोरी र यो देशको प्रगति नहुंदै उनलाई यमराजले डोहोरयाउन पाउदै पाउदैन । अन्य देशहरुमा विकास र प्रगतीको स्तरले आदर्शस्तर हासिल गरेपछी पृथ्वी भन्दा बाहिरका रहस्यमा ध्यान लगाउदछन । तर गिरिजा प्रसादको १ दशक भन्दा बढीको शासनकालमा प्राप्त विकाशको रफ्तारलाई नेपाल र नेपालीले थेग्ने सकेन र देशमा गृह युद्ध भयो । जे भए पनि उनलाई नेपाली जनताको जनआकांक्षा के हो भन्ने थाहा छ । त्यसैले त डुंग डुंगी गन्हाएको राजतन्त्रलाई (२२ दलका नाथे नेताहरुको नाम मात्र हो) वास्तवमा त्यसको घाटी छिनी गणतन्त्र ल्याउने यिनै गिरिजाबाबु हुन् । यिनी हुन गणतन्त्रका सच्चा पिता । मान्छे भन्छन यिनका दाजु स्वर्गिय विशेश्वर प्रसाद कोइराला राजनेता हुन तर मेरो धारण बेग्लै छ, म त भन्छु गिरिजा प्रसाद मात्रै नेपालका सच्चा राजनेता हुन । उनका दाजु आफु माथि हुनुको साटो सधै प्रजातन्त्र र देशका लागि जेलमा जीवन व्यतित गरे तर गिरिजा बाबुले आफुलाई जेलमा पुर्याउन खोज्ने -चाहे राजा, राजनीतिज्ञ वा सर्वसाधारण)लाई वनवास पुर्याए । अज यिनको नाममा जंगलबाट आएका हुन या घरायसी वोइलर सवै दलका नेताहरु थरर पर्छन । लाग्छ अरु सवै सर्प हुन गिरिजा बाबु गरुड, र्सपलाई गरुडको छाया पर्दा नै डराउछ ।त्यसैले आउ सबै मिली भनौ गिरिजा प्रसाद कोइराला जिन्दावाद ।तिम्रा पार्टी नेता कार्यकर्ताको उमेर तिमीमा लागोस र तिम्रो आयु गिद्धको जस्तो १००० वर्ष होस । अव यिनी फुटेका आंखालाई रामवरण यादव र माधव कुमारको कुर्सीमा तिमी र तिम्री छोरी सुजाताको बसेको देख्न मन छ । अन्त्यमा अघी बढ बाउ छोरी साथ दिने नेपाली जनता छन । अघि बढ सुजाता ज्यान दिन तयार छौं ।
source:nepalipost.com