
नेपाली कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको स्वास्थ्यमा सुधार आउने क्रम शुरुभए पछि उहाँलाई थपउपचारकालागि सिङगापुर लैजाने कार्यक्रम स्थगित भएको छ । हिजो सम्म स्वास्थ्यमा सुधार नआएपछि थप उपचारकालागि भोलि सिंगापुर जाने तयारी गर्नुभएका कोइरालाको स्वास्थ्यमा आज उल्लेख्य सुधार आएपछि सिङगापुर जाने कार्यक्रम स्थगित गरिएको हो । केही दिन देखि फोक्सोमा समस्या आएका कारण निमोनिया भएपछि सभापति कोइरालालाई थप उपचारकालागि महाराजगञ्ज स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो । काँग्रेसका प्रबक्ता अर्जुननरसिंह के.सि.ले कोईरालाको उपचारमा उल्लेख्य सुधार भएपछि चिकित्सक र सबैको आग्रहमा बिदेश उपचार गर्न जाने कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो ।यस बीच शहिद गंगालाल हृदय रोग केन्द्रले आज सभापति कोईरालाका सम्बन्धमा एक बिज्ञप्ती जारी गरेर उहाँको स्वस्थ्यमा उल्लेख्य सुधार भएको जनाएको छ । केन्द्रका निर्देशक डा.अरुण मास्केले बिज्ञप्ती जारी गरेर सभापति कोईरालाको स्वस्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिनु भएको हो । केन्द्रले जारी गरेको बिज्ञप्तीमा सभापति कोईरालाको रगतमा अक्सीजनको मात्रामा केहि कमि भएका कारणा उपचार भईरहेको र चिन्तागर्नु पर्ने अबस्था नरहेको उल्लेख छ । त्यसै गरेर सभापति कोईरालाकी पुत्री तथा उपप्रधानमन्त्री सुजाता कोईरालालेपनि बुवाको स्वस्थ्यमा सुधार भएको र भेटघाट गर्न आउने संग रामै्रसंग बोल्ने गर्नु भएको जानकारी दिनु भयो । त्यसै गरेर सभापति कोईरालालाई शहिद गंगालाल हृदय रोग केन्द्रमा पार्टीका कार्याबहाक सभापति शुसील कोईराला , बरिष्ठ नेता शेरबहादुर देउवा तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छेदार , अन्य बिभिन्न मन्त्री , उच्च अधिकारी , पार्टीका नेता तथा कार्यकर्ता लगायतले स्वस्थ्य अवस्थाको जानकारी लिएका छन् । सभापति कोईरालाको स्वस्थ्य उपचारकालागि केन्द्रका निर्देशक डा.अरुण मास्के , जगदिस अग्रवाल , मनबहादुर के.सी. , शेखर कोईराला , अजुन कार्कि , यादव देब भट्ट , रवि मल्ल लगायतका चिकित्सकले उपचार गरिरहनु भएको छ ।