
तपाईंहरुको आन्दोलन त शान्तिपूर्ण हुन सकेन नि ?
A.
हाम्रो आन्दोलन अत्यन्त शान्तिपूर्ण र संयमित भयो । तर यो आन्दोलन भाँडेर मुलुकलाई िहंसात्मक रुपमा अगाडि बढाउन चाहने केही तत्वहरुको घुसपैठ भएको छ । लाखौं जनताले नागरिक सर्वोच्चताका लागि जुन किसिमको ऐक्यबद्धता देखाए यो ठूलो उपलब्धि हो । यसलाई भाँडेर आपुनो सत्ताको आयु लम्ब्याउन चाहनेहरुले हाम्रा पार्टीका केही नेता सभासद् र कार्यकर्तामाथि निर्ममतापूर्वक आक्रमणको म कडा रुपमा निन्दा र भत्स्रना गर्न चाहन्छु ।
Q.
कसले गर् यो त आन्दोलनमा घुसपैठ ?
A.
यो कठपुतली सरकारका मसीहाहरु यस आन्दोलन बिथोल्न चाहन्छन् भाँडभैलो मच्चाउन चाहन्छन् र उनीहरुको मक्सद हामी कुनै पनि हालतमा पूरा हुन दिँदैनौं । हामी शान्तिपूर्ण रुपमै जनताको खोसिएको अधिकार र नागरिक सर्वोच्चता कायम गरेरै छाड्छौं । त्यसका लागि हामी शान्तिपूर्ण संघर्ष गरिरहन्छौं ।
Q.
नागरिक सर्वोच्चतालाई सत्ताको भर् याङ बनाउँदै हुनुहुन्छ रे ?
A.
यो कुरा हामी स्पष्ट भन्न चाहन्छु हाम्रो उद्देश्य सत्तामा जाने हुँदै होइन । मैले चाहेको भए अहिले पनि म प्रधानमन्त्री रहिरहेको हुन्थे । मलाई हटाउने तागत कसैमा थिएन । राष्ट्रपतिले कटवाल प्रकरणमा चालेको कदम असंवैधानिक छ नागरिक सर्वोच्चता हनन भएको छ भनेर मैले राजिनामा गरेको हुँ । र आन्दोलन थालेका हौं । यो आन्दोलन नागरिक सर्वोच्चता स्थापित नभएसम्म रोकिँदैन ।
Q.
तपाईं त प्रधानमन्त्री हुनै आन्दोलन गरेको त प्रस्ट छैन र ?
A.
प्रचण्डलाई प्रधानमन्त्रीको कुसर्ी ठूलो कुरा हेाइन । नागरिक सर्वोच्चता र जनताको अधिकार मुख्य कुरा हो । मलाई दुई महिनाअघि पनि प्रधानमन्त्रीको अफर आएको हो । चाहेको भए म प्रधानमन्त्री बन्न सक्थेँ ।
Q.
तपाईंहरुले सोचेजसरी त जनता सडकमा आएनन् नि ?
A.
लाखौं जनता सडकमा आएका छन् । माओवादीको दोस्रो चरणको आन्दोलनले कठपुतली सरकारलाई घुँडा टेकाउँछ र नागरिक सर्वोच्चता स्थापित गरेरै छाड्छ । यो सरकारले वार्ता र सहमतिको वातावरण तयार गरेन भने हामी तेस्रो चरणको आन्दोलन सशक्त रुपमा अघि बढाउँछौं ।
Q.
तेस्रो चरणको आन्दोलनको स्वरुप कस्तो प्रकारको हुन्छ ?
A.
अहिलेको भन्दा उन्नत किसिमको हुन्छ । त्यसमा हामी िसंहदरबार घेर्ने मात्र होइन । हामी मुलुक नै ठप्प हुने गरी आम हडताल गर्छौ र जनतालाई सडकमा उतारेर सरकारलाई बर्खास्त गर्छौ ।
Q.
भनेपछि सहमति नभई आन्दोलनबाटै वारपार हुने हो त ?
A.
हामीले पाँच महिनादेखि जिम्मेवार रुपमा सहमति र सहकार्यका लागि पहल गरेकै हो । तर सरकारले हाम्रो कुरा सुन्दै सुनेन । अझै पनि एक दिन बाँकी छ । सरकारले हाम्रो कुरा सुनेन र दमनको नीति लियो भने प्रतिगामी र दललाहरुलाई परास्त गरिदिनेछौं ।
Q.
तपाईंहरुको आन्दोलनलाई ककसको सहयोग र समर्थन छ ?
A.
यो आन्दोलनलाई विश्वकै समर्थन छ । संयुक्त राष्ट्रसंघको पनि समर्थन छ । बिस्तारै भारत चीन अमेरिका र युरोपियन युनियनको पनि समर्थन रहनेछन् ।
Q.
भारतसँग तपाईंको सम्बन्ध राम्रो छैन भनिन्छ नि ?
A.
भारतसँग हाम्रो सम्बन्ध नराम्रो छैन । सम्बन्ध बिस्तार गरेर जान चाहन्छौं । तर जनताको सर्वोच्चता र राष्ट्रिय स्वाधीनताका लागि कसैसित पनि कम्प्रोमाइज गर्दैनौं ।
Q.
भारतीय माओवादीसँग कस्तो सम्बन्ध छ ?
A.
भारतीय माओवादीसित हाम्रो कुनै किसिमको सम्बन्ध छैन । हामी शान्ति प्रकि्रयामा नआउाजेल कुराकानी हुन्थ्यो । तर अहिले हामी शान्ति प्रकि्रयामा आएपछि न भेट भएको छ न कुराकानी भएको छ । हतियार सप्लाई गरेको कुरा त वाहियात र अफवाह हो । एकदमै गलत प्रचार हो ।
Q.
भनेपछि माधवकुमार नेपाल नेतृत्वमा राष्ट्रिय सरकार बनाइदिँदा के फरक पर्छ ?
A.
माधवकुमार नेपाल नेतृत्वमा कुनै पनि हालतमा राष्ट्रिय सरकार बन्न सक्दैन ।यो असंवैधानिक अलोकतान्त्रिक सरकार हो । त्यसैले जनताले हराएकाहरुको नेतृत्वको सरकारमा हामी सहभागी हुनै सक्दैनौं ।
Q.
कहिलेसम्म नयाँ सरकार बन्छ त्यो सम्भावना छ ?
A.
हेर्नोस् नागरिक सर्वोच्चता कायम हुनुपर्छ उच्चस्तरीय राजनीतिक संयन्त्र बन्छ त्यसपछि प्रमुख दलका नेताहरु बसेर राष्ट्रिय सहमतिको सरकार बनाउने पहल सुरु हुन्छ । तर त्यसको नेतृत्व पनि माओवादीले नै गर्छ ।
Q.
प्रधानमन्त्री चाहिँ को हुन्छ तपाईं बाबुराम कि नारायणकाजी ?
A.
हाम्रो प्रधानमन्त्रीबारे कुनै विवाद छैन । राष्ट्रिय सरकार बन्ने पक्का भएको दुई मिनेटमै प्रधानमन्त्रीको निर्णय गर्छौ ।
reportersnepal.com