Saturday, October 30, 2010

"मेरो उम्मेदवारी फिर्ताले मात्रै समस्या समाधान हुँदैन"-- नेपाली काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल


कहिले सम्म उम्मेदवारी फिर्ता नलिने ?

जबसम्म माओवादीले आफूलाई नागरिक पार्टी बनाउँदैन वाइसिएलको अर्ध सैनिक संरचना भंग गर्दैन लडाकु शिविर खाली हुँदैन शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउनका लागि ऊ जिम्मेवार बन्दैन त्यसबेलासम्म मैले उम्मेदवारी फिर्ता लिने कुरै आउँदैन । शान्त प्रकि्रया निश्कर्षमा पुर् याउने सहमति गरौ । अहिलेसम्म भएका सबै सम्झौता र सहमति कार्यान्वयन गरौ । रामचन्द्र पौडेल सहमतिको बाधक बन्दैन ।

तर तपाईलाई त सहमतिको बाधक भन्न थालेनी त मान्छेहरुले ?
.अरु कसले के भन्छन मलाई थाहा छैन । शान्ति र संविधानकोलागी म जस्तो सुकै अपजस सहेर भए पनि अगाडि बढन तयार छु । मेरो उमेदवारी लोकतान्त्रिक ब्यवस्थालाई बलिया बनाउँन नेपाली जनताको चाहना शान्ति र लोकतान्त्रिक संविधान निर्माण गर्नकालागी एउटा वातावरण बनोस र माओवादीले आफूलाई जिम्मेवारी पार्टीको रुपमा प्रस्तुत गरेर मुलुकलाई निका दिन गंभिर होस भन्ने नै मेरो चाहना हो । काग्रेस कहिल्यै पनि सहमतिको वाधक होईन र म पनि सहमतिको पक्षमा छु ।
.सहमति कहिलेसम्म होला ? Click title for rest story 

Wednesday, October 20, 2010

वर्तमान गतिरोध अन्त्यका लागि नेपाली काँग्रेसको प्रस्तावित धारणा

प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा पछि निरन्तर जारी रहेको राजनीतिक गतिरोधको वर्तमान अवस्था प्रति नेपाली काँग्रेस गम्भीर चिन्ता ब्यक्त गर्दछ । शान्ति प्रकृया र नयाँ संबिधानका बारेमा राजनीतिक समझदारी कायम नगरी तथा बैकल्पिक सरकारको नेतृत्व र स्वरुपको बारेमा सहमति निर्माण नगरी राजीनामा माँग गर्नु अपरिपक्क हुनेछ भन्ने जेष्ठ १४ २०६७ को तीन बुँदे सहमतिको बेलामा काँग्रेसले राखेको दृष्टिकोणको औचित्य अहिलेको घटनाक्रमले पुष्टी गरेको सबैमा स्मरण गराउन चाहन्छौं । सत्ताका निम्ति मात्र हठात गरिने समझदारी भरपर्दो हुने नभई थप राजनीतिक अस्थिरता सिर्जना गर्ने कारण बनेको तथ्य प्रति पनि सबैको ध्यानाकर्षण गराउँदछौं । हालैका यी घटना र अनुभवलाई ध्यानमा राख्दै नेपाली काँग्रेस पुनः एकपटक सबै राजनैतिक दलहरुलाई राष्ट्रिय सहमतिमा पुग्न निम्न लिखित आधारहरुमा छलफल केन्द्रित गर्न हार्दिक आग्रह गर्दछ ।
१ नेपाली काँग्रेसको दृष्टिमा सरकार निर्माणको बिषय प्राथमिकताको बिषय होईन । शान्ति प्रकृयालाई टँुगोमा फउने लोकतन्त्र र लोकतान्त्रिक संबिधान निर्माण गर्ने बिषय काँग्रेसको लागि प्रमुख प्राथमिकताको बिषय हो । वास्तविक अर्थमा संधीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काँग्रेस जोड दिन चाहन्छ । शान्ति प्रकृयाको बिषय र संबिधान निर्माणका बिषयहरुमा असहमति कायमै राखेर केवल सत्ताको निम्ती मात्र सहमति खोज्ने प्रयास सुल्टो प्रयास होईन ।
२ माओवादीद्वारा शान्ति प्रकृयाका सबै पुराना प्रतिवद्धताहरुलाई कार्यान्वयन गर्ने लडाकु र हतियारको समायोजन र पुनस्र्थापनाको भरपर्दो थालनी र कार्यतालीकामा सहमति भई माओवादीले आधारभुत र प्रष्ट रुपमा लडाकु र हतियार छोडेको अवस्था र हतियारको राजनीति पूर्ण रुपले परित्याग गरेको भरपर्दो पत्याभूति तथा राज्यको लोकतान्त्रिक पुनसर्ंरचना शासकिय स्वरुप स्वतन्त्र न्यायपलिका र निर्वाचन प्रणाली मौलिक अधिकार पूर्ण प्रेस स्वतन्त्रता मानव अधिकार र बहुलबाद जस्ता आधारभुत बिषयमा समझदारी कायम गरी लोकतान्त्रिक संबिधान निर्माणको दिशामा सहमति कायम भएको अवस्थामा कस्को नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषय बिवादको बिषय हुने छैन । शान्ति प्रकृयालाई पूर्णता दिने सम्बन्धमा कब्जा सम्पत्ति फिर्ता गर्ने वाई सि एल को अद्र्ध सैनिक संरचना भंग गर्ने तथा लडाकुको समायोजन र पुनस्र्थापनाका बिषयमा कार्यतालिकाको खाका नेपाली काँग्रेसले यस अघिनै सार्वजनिक गरिसकेको स्मरण गराउन चाहन्छौं ।
३ प्रधानमन्त्री निर्वाचनका सम्बन्धमा संसदमा व्याप्त रहेको गतिरोध नेपाली काँग्रेसको उम्मेद्वारीका कारण उत्पन्न भएको होईन । प्रधानमन्त्री जस्तो देशको सर्वोच्च कार्यकारीको निर्वाचन प्रकृयामा नियतवस निर्णायक मत नहाल्ने दलहरुको ब्यवहार र निर्णयबाट गतिरोध जन्मिएको हो । संसदको वर्तमान गतिरोध फुकाउन शान्ति प्रकृयाको पूर्णता र लोकतान्त्रिक संबिधान निर्माणको मुद्धालाई सर्वाधिक प्राथमिकतामा राखी यस बिषयमा गम्भीर छलफल प्रारम्भ गर्न नेपाली काँग्रेस आग्रह गर्दछ । यस प्रयोजनका लागि निरन्तर बिषय केन्द्रित भई असहमतिका बुँदाहरुमा सहमति खोज्ने प्रयासमा केन्द्रित हुन नेपाली काँग्रेस सबै राजनैतिक दलहरुलाई हार्दिक आग्रह गर्दछ । यो समझदारीका साथै भावी सरकारको स्वरुप र सहभागिताको स्पष्ट खाका निर्माण हुनु पर्दछ भन्ने काँग्रेसको धारणा रहेकोछ ।
४ शान्तिप्रकृया संबिधान निर्माण र नयाँ सरकारको नेतृत्व र स्वरुपका बारेमा पार्टीहरुका बीच स्पष्ट सहमति नभई नेपाली काँग्रेसले उम्मेद्वारी फिर्ता लिदा यस अघि प्रधानमन्त्रीको पूर्वतयारी बिनाको राजीनामाबाट सिर्जना भएको अन्योल र अनिश्चितताको पुनराबृत्ति मात्र हुँदैन संबिधान र संसदको सर्वमान्य प्रकृया समेत तुहिने र थप जटिलता निर्माण हुने बिषय तर्फ पनि सबैको ध्यानाकर्षण गराउँदछौं ।

Parties agree for unicameral legislature in federal states

A panel formed to assist the high-level taskforce, which has been entrusted with sorting out the differences on matters concerning the new constitution, Wednesday decided to go for unicameral legislature in the federal states.The panel members agreed to go for unicameral parliament while discussing the report of the Constituent Assembly's Committee for Determining the Form of the Legislative Body."All the parties have agreed to go for unicameral parliament in the states," panel member and Nepal Workers and Peasants Party, Sunil Prajapati, informed after the meeting.According to him, the parties are yet to agree on the name of the states legislature. "Different names such as Parliament, Federal Parliament and Jana Pratinidhi Sabha (people's representative assembly) are under discussion," Prajapati said.The leaders also discussed the form of the legislature at the centre, judicial system and the voting age (16 or 18 years), but could not arrive at any conclusion.On Tuesday, the high-level taskforce headed by Maoist chairman Pushpa Kamal Dahal had settled nine disputed issues concerning the new constitution. It is yet to sort out differences on the two trickiest issues - form of governance and the electoral system.

Wednesday, October 06, 2010

Paudel rejected for PM post tenth time; eleventh election on Thursday

Nepali Congress (NC) parliamentary party leader Ram Chandra Paudel has been rejected for the post of Prime Minister by the Legislature Parliament for tenth time at the election held at Constituent Assembly (CA) Hall, Naya Baneshwor Wednesday.Poudel secured 109 votes in his favour and one vote against him. 46 lawmakers opted for 'no vote' section in the ballot paper. Altogether 156 lawmakers participated in the voting process.The remaining lawmakers including those of Unified CPN (Maoist) and CPN (UML) did not participate in the election process as announced earlier. The Madhes-based parties also stayed away from the voting process.
The next round of prime ministerial election has been scheduled for Thursday. Speaker Subash Chandra Nemwang announced at the end of the House sitting today that the motion to elect Ram Chandra Paudel as the PM would be presented before the parliament for eleventh time on Thursday.He has called the next meeting of the House at 3 pm, Thursday for the election. Earlier, a meeting of the Business Advisory Committee (BAC) of the LP had decided to hold the next round of PM elections on Thursday.
There was some dispute among the parties about the next round of election at the BAC meeting. NC had proposed to schedule the next round of election after Dashain festival, while other parties rejected the proposal.
Paudel is the sole candidate for the post of PM after another candidate UCPN (Maoist) chairman Pushpa Kamal Dahal withdrew his candidacy after the eighth election.The other two major parties in the parliament, UCPN (Maoist) and UML, decided not to participate in the election process saying the on going process cannot end the political deadlock.The nation has been running under a caretaker government for over last three months after Madhav Kumar Nepal stepped down from the post relenting to immense pressure from the Unified CPN (Maoist) and a faction within his own party.
The series of PM election that began on July 21 has prolonged for almost three months now. According to the existing parliamentary regulation the motion to elect a prime minister needs to be presented at the parliament until the parliament elects a Prime Minister.
However, with support of less than one-fifth of the total parliamentarians Paudel is certain to get defeated every time the motion is presented before the parliament.UCPN (Maoist) and UML have requested Speaker Nemwang to use his prerogative to suspend the clause on prime ministerial election to end the ongoing impasse’.However, Speaker Nemwang has already made it clear the process will continue until Paudel also withdraws his candidacy as per the parliamentary regulations.
NC candidate Paudel has said, he would withdraw his candidacy from the post of the Prime Minister only if the UCPN (Maoists) showed firm commitment to the peace process. They have demanded for a clear action plan on integration and rehabilitation of the Maoist combatants, return of grabbed land and property during conflict and dissolution of the paramilitary structure of the parliament.
nepalnews.com


INDIAN WANTS TO SEE STABILITY AND PEACE IN NEPAL: SOOD

Indian ambassador to Nepal Rakesh Sood claimed that India desires stability and peace in Nepal and that it's desires should not be misrepresented as intervention in its politics.Speaking at a program organized by the Solukhumbu branch of Reporters Club, Nepal ambassador Sood informed that Indian interest and investment in Nepal is directed towards the development and prosperity of its citizen.

"Providing pure drinking water and salt to Nepalese should not be taken as interventionist act" Sood claimed. He further commented that "it is the short sightedness of the Maoist to term Indian aid as intervention in the internal affairs of the country".

Friday, October 01, 2010

Newly elected NC central members get certificates


Newly elected central working committee (CWC) members of the Nepali Congress received certificates of election at a function organised at the party headquarters in Sanepa, Lalitpur, Thursday।Members of the central election committee conferred the certificates and garlands to the newly elected CWC members। Most of the newly elected leaders were present but president Sushil Koirala was absent due to bad health। The recent 12th general convention of the Congress party elected the party president, general secretary, treasurer and 61 CWC members। Vote counting took more than a week to complete 3088 representatives had participated in the general convention held in Kathmandu

सुशीलजीले निष्ठा र मूल्यको राजनीति गरेकाले नै सभापतीमा चुनिनुभएको हो--कांग्रेस नेता अर्जुननरसिंह केसी


कांग्रेस नेता अर्जुननरसिंह केसी पार्टीको बाह्रौं महाधिवेशनमा केन्द्रीय सदस्यको सर्वाधिक मत ल्याएर चर्चाको शिखरमा हुनुहुन्छ कांग्रेस महामन्त्रीको प्रबल दाबेदार मानिने केसी पार्टीलाई एकढिक्का राख्न संगठन सुदृढ गराउन आफ्नो भूमिका रहने धारणा राख्नुहुन्छ
Q.
कांग्रेस बाह्रौं महाधिवेशनको सन्देश के हो ?
A.
गाउादेखि नगर, क्षेत्र, जिल्ला हुादै केन्द्रीय स्तरसम्म आदिवासी, जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, अल्पसंख्यक समुदाय र पिछडिएको वर्गको समुचित व्यवस्थापनका साथै युवाहरुको व्यापक सहभागितामा लोकतान्त्रिक पद्धतिअनुरुप चुनाव हुनु नै यसको महत्वपूर्ण पाटो हो । त्यसले पार्टीलाई समावेशी, सुदृढ र बलियो बनाउनुका साथै मुलुकको आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणमा योगदान गरेको छ ।
Q.
तपाईंले महाधिवेशनमा यति धेरै भोट ल्याउनुभो । यसको रहस्य के हो ?
A.
मतदातालाई नै सोध्नोस् । पार्टीमा मैले के के गरें, त्यो सोध्नोस् । जनआन्दोलन- २ मा म कांग्रेसको काठमाडौं उपत्यका संघर्ष समितिको संयोजक थिएँ । सात दलको समितिमा रहेर काम गरें । मेरा भाइ डा. केदारनरसिंह केसीलाई खुट्टा भााचिएर हस्पिटलमा, जगदीशश्वेरनरसिंह केसीलाई गोली लाग्यो, म बसेको घरमा प्रहरीले टियर ग्यास फ्याक्यो । दमको बिरामी आमा नौ घन्टा फेन्ट हुनुभयो । त्यो घटना नभएको भए उहाा डेढ वर्ष बढी बााच्नुहुन्थ्यो भन्ने लाग्छ । नेतृत्वका साथीहरुले नगरे पनि देशभरिका साथीहरुले मेरो मेरो योगदानको कदर गरेको भन्ने मलाई लाग्छ ।
Q.
तपाईंले समावेशी भन्नुभयो, तर २५ वटा खुला सिटमा त पुरानै र देखिएकै अनुहार आए नि ?
A.
प्रतिस्पर्धाविनाको समावेशी संसारमा कहीं पनि हुादैन । प्रतिस्पर्धामा मतदाताको विवेकले फैसला गर्ने हो, त्यसमा समावेशी-गैर समावेशी भन्ने कुरा आउादैन । हरेक पक्षको प्रतिनिधित्वको वैधानिक सुनिश्चितता नै महत्वपूर्ण हो ।
Q.
महाधिवेशनपछि फेरि कांग्रेस गुट, उपगुटमा परिणत भयो नि ?
A.
कांग्रेस गुट, उपगुटको रुपमा परिणत भएको छैन । लोकतान्त्रिक पार्टीभित्र विचारको विविधता हुन्छ । सिद्धान्तको प्रतिस्पर्धा हुन्छ । वाद, प्रतिवाद र संवादको प्रक्रिया रहन्छ । अनेकताबीचको एकता नै यसको सौन्दर्य हो । चुनावमा प्रतिस्पर्धा र मतविभाजन हुनु नै गुट, उपगुट होइन ।
Q.
कोइराला र देउवालाई मिलाउने एकताको सूत्र के छ तपाईंसाग ?
A.
महाधिवेशनले जे फैसला गरेको छ, त्यसलाई स्वीकार्नु नै एकताको सूत्र हो । पार्टी विधानमा सामूहिक नेतृत्व र संस्थागत निर्णयलाई सर्पोपरि मानिसकेको अवस्थामा त्यसको पालनाबाट एकता बलियो हुन सक्छ ।
Q.
अब देउवाको भूमिका के हुन्छ त पार्टीमा ?
A.
शेरबहादुरजी पार्टीको केन्द्रीय स्तरको नेता र भूतपूर्व प्रधानमन्त्री हुनुहुन्छ । पार्टीको सामूहिक नेतृत्वको एउटा अंगका रुपमा उहााको सहभागिता रहन्छ । पार्टीलाई उहााको योगदान आवश्यक छ ।
Q.
कांग्रेसको निर्णयमा उहााको भूमिका रहन्छ ?
A.
अब कांग्रेस एकल नेतृत्वको शैलीमा छैन । सामूहिक नेतृत्व र संस्थागत निर्णयले सबैलाई समेट्छ भन्ने मलाई विश्वास छ ।
Q.
सभापति सुशील कोइरालाले सबैलाई समेटेर लैजान सक्नु होला ?
A.
लैजान सक्नुहुन्छ । हाम्रो वैधानिक व्यवस्थाको आधार नै सामूहिक नेतृत्व र संस्थागत निर्णय हो । सुशीलजीले निष्ठा र मूल्यको राजनीति गरेकाले नै सभापतिमा चुनिनुभएको हो । उहााले सबैको विश्वास लिएर अघि बढ्न सक्नुपर्छ ।
Q.
अब पावर सेयरिङको कुरा आउला । सुशील पार्टी सभापति भएपछि देउवालाई प्रधानमन्त्री बनाउने हो ?
A.
अहिले प्रवेश नै विषयमा चर्चा गर्नु उपयुक्त हुादैन । सामूहिक र संस्थागत निर्णयमा नै सबैले आस्था राख्नुपर्छ । अब कांग्रेसको प्रधानमन्त्री उम्मेदवार को ?
Q.
अहिले त रामचन्द्र पौडेलजी नै हुनुहुन्छ नि ।
A.
हामीले सहमतिको सरकार बनाउन विषयगत मुद्दामा सहमति हुनुपर्‍यो । जबसम्म शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान बन्दैन, माओवादीका हिंसात्मक संरचना धङधङी बन्द हुादैन, व्यक्तिगत सम्पत्ति फिर्ता हुादैन, तबसम्म सहमतिको सरकार कसरी बन्छ ?
Q.
कांग्रेसले विकल्प दिंदै नदिने त ?
A.
लोकतन्त्र र संविधानका सवालमा हामीले निरन्तर भन्दै आएका कुरामा पहिले न्यूनतम सहमति गरौं न । हाम्रो विकल्प भोलि-पर्सीभित्रै दिन तयार छौं ।
Q.
कस्तो विकल्प ?
A.
त्यो अहिले भन्न सक्दिन । समय आएपछि भन्छौं । सहमतिको जगमा मात्र सहमतिको सरकार बन्न सक्छ । शान्ति प्रक्रियामा गरिएका गरिएका प्रतिबद्धताको पालना र लोकतान्त्रिक संविधानमा सहमति भएपछि हामी हरेक विकल्पमा खुला छौं ।
Q.
सहमतिको प्रधानमन्त्री को बन्छ त ?
A.
जुनसुकै दलको हुन सक्छ । जो कोही व्यक्ति हुन सक्छ । राष्ट्रिय मुद्दामा विषयगत सहमति भयो भने ।
Q.
प्रचण्ड प्रधानमन्त्री बन्न सक्दैनन् ?
A.
लडाकु र हतियार छाडेर नागरिक पार्टीमा रुपान्तरण भयो भने माओवादी अध्यक्ष पनि हुन सक्छन् ।
Q.
पौडेलजी आठपटक हार्नुभयो, अब कतिपटक हराउनुहुन्छ पौडेललाई ?
A.
कुनै सहमति नभई प्रक्रिया रोक्ने कुरा कांग्रेसले मानेको छैन । कांग्रेसविना सहमतिको सरकार सोचिएको छ भने त्यो निरर्थक हुन्छ ।
Q.
पौडेल कहिले चुनिनु होला ?
A.
हामी त उहाालाई जिताउनै चाहन्छौं । तर, कहिले चुनिनुहुन्छ भन्ने ज्योतिषी म होइन ।

जित-हारको लेखाजोखा

असोज ८ गते बिहानै शिक्षण अस्पताल महाराजगन्ज पुगेका नेता चक्र बाँस्तोलालाई नेपाली कांग्रेसका नवनिर्वाचित सभापति सुशील कोइरालाले मिलेर जाने आफ्नो योजनाबारे भने, "कसरी अगाडि बढ्ने, घर फर्केपछि सल्लाह गर्नुछ।" अस्पतालबाट बाहिरँिदै गर्दा बाँस्तोलाको भनाइ थियो, "शेरबहादुर देउवालाई जिताउन तेस्रो धार खडा भएको भ्रम लाग्यो।" नेपाली कांग्रेसको १२औँ महाधिवेशनको चुनावी संग्राममा तेस्रो धारका कारण आफ्नो भोट काटिने आशंका पालेको थियो, सुशील पक्षले। त्यस समूहले शेरबहादुर देउवा नेतृत्वको बलियो प्रतिद्वन्द्वी समूहका हरेक रणनीतिसँग जुध्ने चेष्टा गर्‍यो। कोइराला परविारमा देखिएको एकता पनि त्यसैको परण्िााम थियो। कोइरालाहरूबीचको एकताले संस्थापन पक्षीय असन्तुष्टहरूले पनि देउवाको पक्षमा हाम फाल्न सकेनन्, बरु मौनता रोजे।

नेपाली कांग्रेसको १२औँ महाधिवेशनको चुनावी संग्राममा तेस्रो धारका कारण आफ्नो भोट काटिने आशंका पालेको थियो, सुशील पक्षले। त्यस समूहले शेरबहादुर देउवा नेतृत्वको बलियो प्रतिद्वन्द्वी समूहका हरेक रणनीतिसँग जुध्ने चेष्टा गर्‍यो। कोइराला परविारमा देखिएको एकता पनि त्यसैको परण्िााम थियो। कोइरालाहरूबीचको एकताले संस्थापन पक्षीय असन्तुष्टहरूले पनि देउवाको पक्षमा हाम फाल्न सकेनन्, बरु मौनता रोजे।

सुशील र देउवाबीच कडा प्रतिस्पर्धा रह्यो। दुई पार्टी एकीकरण गर्दा स्वर्गीय गिरजिाप्रसाद कोइरालाले निकालेको ६० र ४० को सूत्र अनुसार नै उनीहरूले मत प्राप्त गरे। शेरबहादुर देउवाले ४० प्रतिशतलाई करबि ४३ प्रतिशतमा पुर्‍याए, सुशील कोइराला ६० प्रतिशतबाट झरेर करबि ५३ प्रतिशतमा सीमित रहे। कांग्रेस महाधिवेशनको मत परण्िाामको विश्लेषण हो यो।

देउवाले चुनाव हारे पनि आफ्नो आधारभूमि फराकिलो बनाउन सफल भएको सन्देश दिन सफल भए। सुशीलले मौन मतबाट चुनाव जिते, चहलपहलका मत देउवालाई नै गए। अर्थात्, चलायमान मत देउवालाई गयो भने मौन मत सुशीलको पोल्टामा पर्‍यो। एक युवा नेताको विश्लेषणमा देशभरबिाट छानिएर आएका महाधिवेशन प्रतिनिधिहरूमध्ये विगतमा कांग्रेस प्रजातान्त्रिक भनेर चिनिएका मतदाताको संख्या करबि आठ सयको हाराहारी थियो भने संस्थापन भनेर चिनिएका मतदाता करबि २ हजार २ सय। कतिपय जिल्लामा त सुशील र देउवा समूहका मतदाताको संख्या ८० र २० प्रतिशतको अनुपातमा थियो। तर, देउवाले १ हजार ३ सय १७ मत पाए भने सुशीलले १ हजार ६ सय ५२ मत।



यसरी भयो जित-हार


परण्िाामले ३ सय ३५ मतको अन्तर देखाए पनि सुशील पक्षका लागि समेत चुनाव फलामको च्युरा सावित भयो। महामन्त्रीको दाबी छोड्नु परेको पीडामा रहेका अर्जुननरसिंह केसीलाई अन्तिम समयमा सुशीलले थामथुम पारे। उनलाई आफ्नो पोल्टामा पार्ने देउवाको प्रयास सफल हुन सकेन। देउवाले केसीलाई आफ्नो पक्षमा तान्न सकेका भए मतको अन्तर निकै कम हुने विश्लेषण कांग्रेस वृत्तमा गरँिदैछ। यसबाट देखिन्छ, मत सुरक्षाको रणनीतिमा सुशील सफल देखिए, त्यसैले मत कब्जाको रणनीतिमा देउवा खरो उत्रिन सकेनन्।

सुशीलले पार्टी एकीकरण हुँदा कांग्रेस प्रजातान्त्रिकमा रहेका प्रकाशमान सिंहलाई आफ्नो प्यानलको महामन्त्री उम्मेदवार बनाए। सिंह प्रजातान्त्रिकका स्थापित नेता थिए। त्यही कारण उनी देउवा समूहबाट मत तान्न सफल रहे। अझ, सिंहले आपmनो प्यानलबाट सभापतिका उम्मेदवार सुशीलको भन्दा चार मत बढी ल्याए। उनले स्वर्गीय गणेशमान सिंहका पुत्र भएको फाइदा पनि उठाउन पाए।

गिरजिाप्रसाद कोइरालाको निधनबाट पनि सुशीलले मत बटुले। यसले गिरजिाप्रसादको उत्तराधिकार सुशीलले पाएको पुष्टि गर्‍यो। विदेशका सम्पर्क समितिहरूबाट सुशीललाई समर्थन आयो। विदेशका ६३ मतमध्ये करबि ४० मत सुशीललाई आयो।

सुशीलले कांग्रेसको नेतृत्व आफ्नो पोल्टामा पार्नुका मुख्यतः चारवटा कारण थिए। पहिलो कारण, मतदाता विगतकै दुईवटा पार्टीका संरचनामा बाँधिएका थिए। तलैदेखि मतदाता संस्थापन र प्रजातान्त्रिक कांग्रेसको खेमामा विभाजित थिए। दोस्रो, गिरजिाप्रसाद सरकारमा गएदेखि नै कांग्रेस संगठनको हर्ताकर्ता सुशील नै थिए। पार्टीको पूर्वाधार आफ्नो हातमा रहेको फाइदा सुशीललाई भयो।

तेस्रो, सरकारमा नगएको र लाभको पदमा नबसेको कारण थियो, जसले सुशीललाई सकारात्मक मत परण्िााम दिलायो। यस्तै, चौथो कारण लोकतन्त्रको सुरक्षा कोइराला परविारबाट मात्र हुने प्रचार गरएिको थियो। त्यसले मतदातामा सुशीलप्रति सकारात्मक सन्देश प्रवाह गर्‍यो।

उता, विगतमा देउवासँग असहमत भए पनि देउवा समूहमा खुमबहादुर खड्काको हालीमुहाली रह्यो। आफ्नो प्यानलबाट देउवाले खड्कालाई मुख्य आधारका रूपमा प्रस्तुत गरेका थिए। खड्काको विवादास्पद छविलाई भजाउँदै सुशील समूहले देउवाको विरुद्ध प्रचार गर्‍यो। खड्काको पश्चगामी छविले यतिखेर देउवालाई घाटा गरेको आकलन गरँिदैछ कांग्रेसवृत्तमा। तेस्रो धारका नेता चक्र बाँस्तोलाका अनुसार, धेरै मतदाताको बुझाइ देउवाले जितेमा पार्टी र लोकतन्त्र संकटमा पर्ने थियो। "अझै पनि पार्टी संकटबाट गुजि्ररहेको ठम्याइ धेरै मतदातामा पाइयो," बाँस्तोला भन्छन्, "शेरबहादुरको विवादास्पद छविप्रति मतदाता सशंकित भेटिन्थे।" उनको बुझाइमा सुशीलले पाएको मत देउवाको पराजयको चाहनाका मत पनि हुन्।

अर्कातिर, देउवाको खड्कासँगको गठबन्धन छविभन्दा शक्ति संकलनका लागि मात्र देखियो। र, खड्काको विवादित छविले देउवालाई घाटा पुग्यो। खड्का पार्टी विभाजनमा देउवासँग थिए भने पछि माउ पार्टीमै फर्किएका थिए। त्यस्तै डेढ वर्षअघि सुजाता कोइरालालाई कांग्रेसको नेतृत्व गरेर मन्त्रिमण्डलमा पठाउने निर्णयमा समर्थन जनाएका देउवाले निर्वाचनमा सुजाताको साथ पाएनन्। भइदियो के भने न त प्रकाशमानलाई उनले फर्काउन सके, न सुजाता नै उनको पक्षमा उभिइन्।

अझ, रसिाएर आफ्नो समूह छाडेका नारायण खड्का, बलबहादुर केसी, चिरञ्जीवी वाग्ले र दीपकुमार उपाध्यायलगायतलाई देउवाले फर्काउन सकेनन्। पूर्णबहादुर खड्कालाई फर्काए पनि सक्रिय बनाउन सकेनन्। प्रदीप गिरीलाई फर्काउन सफल भए तर उनी लगभग तटस्थ भूमिकामै देखिए।

देउवाको अर्को कमजोरी संस्थापन र आप्mनो समूहबीच खेल्ने ठाउँ राख्न नसक्नु पनि हो। कांग्रेसभित्र अझै पनि प्रभाव रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको समर्थन विमलेन्द्र निधिलाई थिएन, अरू मधेसी दलहरू पनि कांग्रेसमा मधेसबाट स्थापित नेतृत्व नआओस् भन्ने कुरामा सचेत थिए। निधिले महामन्त्रीको दौड हार्नुको अर्को कारण चित्रलेखाको उम्मेदवारी पनि थियो। तराईबाट निधि एक्लै लडेको भए उनले त्यहाँको भावनात्मक भोट पाउन सक्थे। चित्रलेखाको उपस्िथतिले मधेसी मतदातालाई विकल्प दियो र निधिले मत पाएनन्, जसको असर उनको पूरै प्यानलमा पर्‍यो।

देउवाको कमजोरी मुख्य रूपमा गिरजिाप्रसादसँग ४०/६० को अन्तरलाई स्वीकार्नु थियो। देउवालाई ५० प्रतिशतमा पुग्न त कठिन भयो नै, कांग्रेसभित्र ४० प्रतिशतका नेतामा सीमित गरििदएको यस निर्वाचनले प्रस्ट सन्देश दिएको छ। उनले संविधानसभाको निर्वाचन र संसदीय बोर्डमा समेत ४० प्रतिशतको भागबन्डामा चित्त बुझाएका थिए।

देउवाको कमजोरी अर्को पनि छ। संसदीय दल या पार्टी सभापति के रोज्ने भन्ने निर्धारण गर्न नसक्नु। दुवै पदमा निर्वाचनमा जानु उनको गम्भीर त्रुटि थियो। फेर िबीचमा प्रधानमन्त्रीको दाबेदार बन्नु पनि उनको पदलोलुपताको उदाहरण बन्न पुग्यो।



टिम र परिणाम

सुशीलको समूहमा मुख्य भूमिका निर्वाह गर्नेहरूमा सशांक, शेखर र सुजाता कोइराला एवं आमोद उपाध्याय र कृष्ण सिटौला मुख्य रूपमा देखिए। खासगरी सशांकले व्यवस्थापकीय दक्षता देखाए। प्यानलमा पर्न यसपटक सशांकको निवासमा कार्यकर्ताको भीड देखिन्थ्यो। सशांकले नै अन्तिम समयमा सुशीलको प्यानल परविर्तन गरििदएका थिए। पहिलेको सूचीमा गगन थापा थिएनन्, पछिल्लो सूचीमा गगन थापा र चन्द्र भण्डारीले प्रवेश पाए। पहिलेको सूचीमा रहेका वसन्त गौतम, सुनील भण्डारी, लक्ष्मण भण्डारी, गोविन्दराज जोशीलाई पछिल्लो सूचीबाट बाहिर पारएिको थियो। मतदान सुरु हुनुभन्दा एक घन्टाअगाडि परविर्तन गरएिको उक्त सूची हतारमा आफ्ना मतदाताको हातमा पुर्‍याइएको थियो। सोही कारण गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, दीपक गिरी, गोविन्द भट्टराईलगायतका युवा नेताहरू अहिले सशांकको नजिक पुगेका छन्।

सुशीलको पहिलो प्यानल सूची असोज ४ गते राती सुशीलको निवासमा बसेर बनाइएको थियो। जसका निर्माता आनन्द ढुंगाना, पुरुषोत्तम बस्नेत, वसन्त गौतमलगायत थिए। पार्टी विभाजन हुँदा संस्थापनमै रहेका गोविन्दराज जोशी तथा प्रजातान्त्रिकमा गएर पार्टी एकीकरणपछि संस्थापननिकट देखिएका चिरञ्जीवी वाग्ले, बलबहादुर केसीजस्ता विवादित छविका नेताहरू सुशील प्यानलमा रहे पनि केन्द्रीय भूमिकामा थिएनन्, सेरोफेरोमा मात्रै देखिए। खासमा उनीहरू केन्द्रीय सदस्यको सूचीमा पर्ने रणनीतिमा मात्र देखिए।

सुशीलको ठीक विपरीत देउवा खेमामा विवादित छविका खुमबहादुर खड्का मुख्य सहयोगी थिए। यसबाहेक देउवाको पक्षमा चुनावी माहोल तयार पार्ने मुख्य कर्ताधर्ता विमलेन्द्र निधि, मीनेन्द्र रजिाल, प्रकाशशरण महत, बालकृष्ण खाँड र देउवापत्नी आरजु राणा थिए।



तेस्रो धारको अंकगणित


"कांग्रेसमा अझै परपिक्वता आएको देखिएन," तेस्रो मोर्चालाई मत नआउनुबारे उक्त धारका नेता चक्र बाँस्तोला भन्छन्। सुशीलले चुनाव जित्नुको अर्को महत्त्वपूर्ण पाटो तेस्रो धारको पक्षमा खसेको मत पनि थियो। उक्त धारबाट सभापतिका उम्मेदवार भीमबहादुर तामाङले उल्लेख्य मत ल्याउने धेरैको आकलन गलत सावित भयो। तामाङको पक्षमा मत बढेको भए सुशीललाई पहिलो चरणमा निर्वाचन जित्न हम्मेहम्मे पथ्र्यो। तामाङले उल्लेख्य मत आकषिर्त गर्न नसक्नुको एउटा महत्त्वपूर्ण पाटो तेस्रो धारको सांगठनिक आधार बलियो नहुनु नै हो। यसैकारण मतदाताले उनको प्यानललाई धारका रूपमा लिएको देखिएन। उक्त धारका सभापति तामाङ मात्र नभई महामन्त्रीका उम्मेदवार नरहर िआचार्य र कर्ताधर्ताका रूपमा देखिएका चक्र बाँस्तोलासमेत तलैदेखि गुटबन्दी भएको कांग्रेसभित्र सांगठनिक आधार कमजोर भएका नेता मानिन्छन्।

तेस्रो धारको लज्जास्पद प्रदर्शनका अरू धेरै आयाम पनि छन्। तीमध्ये एक हो, भीमबहादुर तामाङको आयाम। उनी कोइराला परविारसँग पुरानो निकटता भएका नेता हुन्। त्यसैले उनी दिगोपनका नेता होइनन् भन्ने प्रचार सुशील र देउवा दुवै खेमाका नेताले गरे। तेस्रो धारको नराम्रो पराजयका पछाडि कांग्रेसभित्र नयाँपन र नयाँ खोजीभन्दा पनि यथास्िथतिवादी विचार हावी हुँदै जाँदाको परण्िाामका रूपमा पनि चित्रण गर्न थालिएको छ।

यद्यपि, नैतिक राजनीति कांग्रेसमा जिउँदै छ भन्ने प्रमाण भने भीमबहादुरको राजनीतिबाट देखिएको छ। तामाङले तडकभडक रोजेनन्। आफ्नो सादगीपूर्ण जीवनशैलीलाई नै निर्वाचनमा पनि पछ्याए। उनले पाएको ७८ मतदाताको मत मूल्य र मान्यताको राजनीतिको प्रतीकका रूपमा पनि हेर्न सकिने उनका समर्थकहरूको दाबी छ। "बरु लज्जास्पद हार बेहोरे तर जनजातिको भावनालाई बिक्री गर्न चाहेनन्," युवा नेता गगन थापा भन्छन्, "यहीँनेर तामाङले आफ्नो निष्ठाको राजनीतिलाई जोगाए।"

सुशील पक्षका एक युवा नेताको भनाइमा तेस्रो मोर्चा प्रतिक्रियात्मक जमातका रूपमा मात्र रहन पुग्यो। कारण, तेस्रो धारमा तीन जना नेता मात्र रहे। अमरराज कैनीले पनि अन्तिम समयमा आएर सुशीललाई समर्थन गरे।

जुन निष्ठा र आदर्शको राजनीतिको नारा तेस्रो धारले तामाङका लागि उरालेको थियो, ठीक त्यसरी नै सुशील समर्थकले उनको निष्ठा र आदर्शको राजनीतिको नारा उरालेका थिए। जुन सादा जिन्दगीको कसीमा तामाङको मूल्यांकन गरयिो, त्यही कसीमा सुशीलको पनि भयो। त्यही कारण कांग्रेसका मतदाताले तामाङ र सुशीलमा फरक देखेनन् र जित्ने उम्मेदवारको हिसाबले सुशीललाई नै मतदान गरे।



कसीमा सुशील

०३४ सालमै कांग्रेसको केन्द्रीय सदस्य बनिसकेका भए पनि सुशीलले सधैँभर िलो-प्रोफाइल रोजे। ०४६ सालभन्दा अघि उनी कुनै ठूलो हैसियतमा रहेनन्। शेरबहादुर देउवाहरू नेता भइसक्दा पनि सुशील गिरजिाप्रसादको निजी सहयोगी मात्र थिए।

लामो समय आफूलाई छायाँमा राखेका सुशील कांग्रेसवृत्तमा संकीर्ण सोचका नेताका रूपमा पनि परििचत छन्। बीपीको बफादार सहयोगी भएर उनी सुरुदेखि नै कोइराला परविारकै सदस्य देखिए। बीपीको निधनपछि उनी सुशीला कोइरालाको पनि निकटका सहयोगी भए। खासगरी परविारको व्यावहारकि व्यवस्थापनमा उनको भूमिका उल्लेखनीय मानिन्छ।

उनको व्यवस्थापकीय कमजोरी त महाधिवेशनमै प्रस्ट देखिइसक्यो। त्यसमाथि यिनी निर्णय क्षमता पनि नभएका नेताका रूपमा कांग्रेसजनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि परििचत छन्। महाधिवेशनकै सेरोफेरोलाई तुलना गरौँ। कांग्रेस महाधिवेशनका मुख्यतः तीनवटा जटिल समस्या थिए। पहिलो आर्थिक स्रोत जुटाउने पक्ष, जसको व्यवस्थापन दीपकुमार उपाध्यायले गरििदए। पार्टीलाई समावेशी बनाएपछि जटिल बनेको निर्वाचन प्रणाली राधेश्याम अधिकारीले थामिदिए। परम्परागत रूपमै जटिल समस्या बनेको क्रियाशील सदस्यताको विवाद नरहर िआचार्यले सुल्झाइदिए। यी तीनवटै जटिल समस्या समाधानमा सुशीलको भूमिका देखिएन।

सुशीलको जीवनशैली तडकभडकपूर्ण छैन। उनीसँग परविार, पार्टी र सभापतिमा पराजित देउवालाई व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी त छँदैछ, पहिले त परविार नै मिलाउनुपर्ने अवस्था देखिन्छ -हेर्नूस्, बक्स)। त्यसमा पनि मुख्य चुनौती सुजाताको व्यवस्थापन नै हो। प्रकाशमानले आफ्नो क्षमताको कति उपयोग गर्न सक्छन्, हेर्न बाँकी छ। तर, उनी सुजाताजस्ता अप्ठ्यारा छैनन्।

देउवाले पाएको १ हजार ३ सय मत थोरै होइन। आउँदा दिनमा सुशीलसँग असन्तुष्टि बढ्ने क्रमसँगै त्यो मत पनि बढ्दै जानसक्छ। देउवालाई समेटेर लैजाने सुशीलको एउटा मुख्य चुनौती हो। त्यसका तीनवटा तरकिा छन्। पहिलो, उनलाई पूरै बढारेर अघि बढ्ने, दोस्रो सम्मानका नाममा भागबन्डाको राजनीतिलाई निरन्तरता दिने र तेस्रो संस्थागत ढंगले ठाउँ दिने। दुईवटा तरकिा अपनाए भने पार्टी दुर्घटनामा पर्न सक्छ। तर, तेस्रो उपाय अपनाए भने पार्टी एक भएर अघि बढ्न सक्छ। र, त्यसको प्रभाव कांग्रेसको दूरगामी राजनीतिमा पर्न सक्छ।

सुशीलले आफ्नो मुख्य टिम कसरी तयार गर्नेछन्, त्यसमा पनि उनको क्षमता झल्किनेछ। आफ्नै परविारको व्यवस्थापन कसरी गर्नेछन् या हारेको पक्षलाई कसरी चित्त बुझाउँछन्, खासगरी देउवालाई समाहित गराउने चुनौती उनीसामु छ। यिनै तथ्यमा सुशीलको भविष्यको यात्रा कठिन या सहज के हुनेछ, त्यसको प्रतिविम्ब देखिनेछ।

"देशको राजनीति पार्टी र आफूलाई केन्द्रमा राखेर अघि बढाउने ठूलो चुनौती हो सुशीलको," नेता बाँस्तोला भन्छन्। उनका अनुसार सुशीललाई कुटिल एमाले र चतुर माओवादीसँग डिल गर्नुपर्ने मुख्य चुनौती छ। यी दुवै मोर्चामा उनी कसरी प्रस्तुत हुन्छन्, उनको देशको राजनीति अघि बढाउन सक्ने क्षमता त्यहीँबाट प्रस्ट हुनेछ।

राष्ट्रिय राजनीतिमा कांग्रेस अब आत्मविश्वासका साथ अगाडि आउने युवा नेता गगन थापाको बुझाइ छ। त्यसको अर्थ अलि बढी स्थान खोज्नेछ। प्रधानमन्त्रीको निर्वाचनमा देउवाको पक्षबाट रामचन्द्र पौडेलप्रति प्रतिक्रियात्मक मत आउनेछ। देउवालाई सहयोग नगरेको मूल्य रामचन्द्रले महाधिवेशनको मत परण्िााममै चुकाउनुपर्नेछ। उनले लिँदै आएको मध्यमार्ग छोडेर उनी अन्तिम समयमा सुशीलको प्यानलमा खुम्चन पुगे। जसको कारण देउवा उनीसँग रुष्ट भएका छन्। त्यसैले उनी यसपटक सबैभन्दा बढी मत पाउने सम्भावनाबाट चुक्न सक्छन्।

यद्यपि, रामचन्द्रलाई प्रधानमन्त्रीको चुनावी दौडमा बसाएर त्यसलाई राष्ट्रिय सहमतिको मार्ग पछ्याउने अवसर भने सुशीलसँग कायमै छ। त्यो कदम देशको राजनीतिलाई सही ट्रयाकमा अघि बढाउन कोसेढुंगा पनि हुनसक्छ।



देउवाको भविष्य

कांग्रेसका वरष्िठ नेता देउवा एक वर्षभित्रै पार्टीका दुईवटा निर्वाचन हारसिकेका छन्। अब उनको हारको 'ह्याटि्रक' मात्र बाँकी छ। तर, त्यसो भन्दैमा उनले सभापतिको निर्वाचनमा ल्याएको मतलाई कमजोर आँक्न कुनै हालतमा मिल्दैन।

यद्यपि, उनको पराजयले उनका कमजोरी देखाउँछन्। सानो घेराको उठबसबाटै चुनाव जितिन्छ भन्ने मानसिकताबाट उनी बाहिर निस्िकनु जरुरी भएको यस निर्वाचनले देखाएको छ। उनको भविष्य सकिएको आकलन गर्नु भने गलत हुनेछ। कारण, आफूभन्दा तलका युवाहरूलाई अवसर, स्थान र जिम्मेवारी दिने कुरामा देउवा हिजो गिरजिाप्रसाद र आज सुशीलभन्दा अगाडि छन्। यद्यपि, आफैँले अवसर दिएकाहरूलाई आफूसँग राख्न नसक्नु यिनको मुख्य कमजोरी देखिएको छ। त्यो कला र सीपमा देउवा कमजोर देखिएका छन्। तर, सुशीलले पार्टीलाई कसरी व्यवस्थापन गर्छन् भन्ने कुरामै देउवाको राजनीतिक भविष्य पनि गाँसिएको छ।







परिवार व्यवस्थापन नै चुनौती




कोसी अञ्चलबाट सुशील कोइराला पक्षका दुई जना केन्द्रीय सदस्यका प्रत्यासी थिए, आमोद उपाध्याय र अशोक कोइराला। दुवै कोइराला परविारनिकट हुन्। तिनीहरूको व्यवस्थापनमा सुशीलदेखि शेखर, सशांक र सुजातासम्मको बल लगाउनुपर्‍यो। टिम व्यवस्थापनमा मुख्य भूमिका निर्वाह गरेका सशांकले नातामा सुशीलका सहोदर भाइ अशोकलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरे।

यसले के संकेत गर्छ भने परविारभित्र रहेका आकांक्षीहरूलाई व्यवस्थापन गर्न सुशीललाई आगामी दिनमा सहज छैन। कोइराला परविारभित्र विगतमा मूलतः तीनवटा स्रोत थिए। जस्तो- मुख्य स्रोत बीपी कोइराला थिए। अहिले बीपीका जेठा छोरा प्रकाश कांग्रेस राजनीतिबाट धेरै टाढा पुगिसकेका छन्। माइला छोरा श्रीहर्षले राजनीतिसँगको नाता तोडिसकेका छन्। कान्छा छोरा सशांकले भने कांग्रेस राजनीतिमा आफ्नो परविारको प्रतिनिधित्व गररिहेका छन्। सुशीलको टिम व्यवस्थापनमा मुख्य भूमिका निर्वाह गरेका उनको चाहना पार्टीको संगठनमा भूमिका निर्वाह गर्नु त छँदैछ, त्यससँगसँगै जोडिएको छ, उनको आकांक्षा पनि। त्यसको व्यवस्थापन सुशीलले नै गर्नुपर्नेछ।

कोइराला परविारको दोस्रो स्रोत गिरजिाप्रसाद कोइराला नै हुन्। उनकी छोरी सुजाताले पार्टी महामन्त्रीको उम्मेदवार हुने बताए पनि उपसभापतिमा मनोनीत गरनिे सर्तमा उम्मेदवारी नदिन सहमत भएकी थिइन्। यदि सुजातालाई उपसभापति दिने हो भने निर्वाचन परण्िााम आफ्नो पक्षमा पार्न भूमिका निर्वाह गरेका रामचन्द्र पौडेलको स्थान कहाँ त ? यस प्रश्नले सायद सुशीलको पनि दिमाग खाएको होला।

त्यसपछि तेस्रो स्रोत केशव-नोनाको परविार हो। उनीहरूका जेठा छोरा निरञ्जन कांग्रेस राजनीतिबाट मात्र नभई देशबाटै पलायन भइसकेका छन्। कान्छा छोरा शेखर अहिले आफ्नो परविारको प्रतिनिधित्व गर्छन्। खासगरी मोरङको राजनीतिक र सामाजिक क्षेत्रमा तगडा पकड राख्ने शेखर परपिक्व र सुझिएका युवा कोइराला मानिन्छन्। उनलाई किनारा लगाएर अघि बढ्न पनि सुशीललाई सजिलो छैन।

यी तीनबाहेक कोइराला परविारको चौथो स्रोत पनि छ, त्यो सुशील कोइरालाकै परविार। सुशीलका माइला भाइ अशोक मोरङ कांग्रेसका नेता हुन्। उनको आकांक्षा केन्द्रीय सदस्यका लागि देखिइसकेको छ। अब उनको व्यवस्थापनको चुनौती सुशीलसामु खडा भइसकेको छ। कान्छा भाइ अरुणले बाँके कांग्रेसको सभापति जितेका छन्। उनी तत्काललाई त्यही जिम्मेवारीमा रहनेछन्।

कांग्रेस राजनीतिमा कोइराला परविारको वर्चस्व नै देखिँदै आएको छ। त्यही अग्राधिकार खतरामा छ भनेर कोइरालाहरू अहिले एक ठाउँमा उभिएका हुन्। त्यसको उदाहरण सुशीललाई बुद्धनगरको साँघुरो कोठाबाट महाराजगन्जस्िथत गिरजिाप्रसादको निवासमा सारएिको कुरालाई पनि लिन सकिन्छ। महामन्त्रीको दाबेदारी नछाड्ने अडानमा रहेकी सुजाताले पनि अन्तिम समयमा आएर आफ्नो जिद्दी छाडिन् र सुशीलको भनाइ मानिन्। यस्तोमा सिंगो कोइराला परविारको व्यवस्थापन कम चुनौतीपूर्ण छैन, सुशीलका लागि।
source:nepal weekly

नेपाली काँग्रेसको सम्पन्न १२ औं महाधिवेशन अन्तर्गत निर्वाचनमा विजेता र पराजितहरुले प्राप्त गरेको मतको परिणाम

नेपाली काँग्रेसको यही असोज १ देखि ५ गते सम्पन्न १२ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रतिस्पर्धीले प्राप्त गरेको मत परिणाम

सभापितमा

शुशिल कोइराला १६५२

शेरबहादुर देउवा १३१७

भिमबहादुर तामाङ्ग ७८

महामन्त्रीमा

प्रकाशमान सिहं १६५६

विमलेन्द्र निधि १२२६

नरहरि आचार्य १५२

कोषाध्यक्षमा

चित्रलेखा यादव १५५९

पद्मनारायण चौधरी १४२० आदिवासी जनजातितर्फ भीष्म आङदम्बे ८३४

सुर्यमान गुरुङ ७३२

धनबहादुर गुरुङ ६६७

क्रसं उम्मेदवारको नाम प्राप्त मत प्राप्त परिणाम

१ गगन थापा २०६१ विजयी

२ अर्जुननरसिंह केसी २०३४ विजयी

३ खुमबहादुर खड्का १७९१ विजयी

४ शशाङ्क कोइराला १७६७ विजयी

५ प्रदीप गिरी १७४१ विजयी

६ सुजाता कोइराला १७३९ विजयी

७ रामचन्द्र पौडेल १७०३ विजयी

८ डा रामशरण महत १६९९ विजयी

९ बालकृष्ण खाँण १६०६ विजयी

१० एनपी साउद १५५६ विजयी

११ डा शेखर कोइराला १५३१ विजयी

१२ महेश आचार्य १५०१ विजयी

१३ डा मीनेन्द्र रिजाल १४३५ विजयी

१४ डा प्रकाशशरण महत १३८२ विजयी

१५ कृष्ण सिटौला १३७३ विजयी

१६ चन्द्र भण्डारी १३६८ विजयी

१७ डा नारायण खड्का १३४० विजयी

१८ गोपालमान श्रेष्ठ १२८६ विजयी

१९ बलबहादुर केसी १२८६ विजयी

२० पूर्णबहादुर खड्का १२४६ विजयी

२१ शङ्कर भण्डारी १२१९ विजयी

२२ कुलबहादुर गुरूङ ११५५ विजयी

२३ मनमोहन भट्टराई १०८० विजयी

२४ ज्ञानेन्द्रबहादुर कार्की १०६८ विजयी

२५ दीपकुमार उपाध्याय १०२० विजयी

२६ गोविन्दराज जोशी १००४ पराजित

२७ प्रदीप पौडेल ९८३ पराजित

२८ जिपछिरिङ्ग लामा ९५५ पराजित

२९ शोभाकर पराजुली ९१५ पराजित

३० चक्र बास्तोला ९१० पराजित

३१ चिरञ्जीवी वाग्ले ८८६ पराजित

३२ गुरुराज घिमिरे ८५६ पराजित

३३ तारानाथ रानाभाट ८४९ पराजित

३४ रामकृष्ण ताम्राकार ८४९ पराजित

३५ गोविन्द भट्टराई ८२४ पराजित

३६ डिबी लामा ८२१ पराजित

३७ सुप्रभा घिमिरे ७८३ पराजित

३८ शुक्रराज शर्मा ६९२ पराजित

३९ ओमकारप्रसाद श्रेष्ठ ६८३ पराजित

४० चिनकाजी श्रेष्ठ ६८२ पराजित

४१ मदनकृष्ण श्रेष्ठ ६७२ पराजित

४२ जीवनप्रेम श्रेष्ठ ६५९ पराजित

४३ ढुण्डिराज शास्त्री ६४८ पराजित

४४ विनयध्वज चन्द ६३८ पराजित

४५ डा.राजाराम कार्की ६३५ पराजित

४६ खिलानाथ दाहाल ६१५ पराजित

४७ डा रणबहादुर रावल ५८४ पराजित

४८ रामचन्द्र तिवारी ५८२ पराजित

४९ पूर्णकुमार शेर्मा लिम्बु ५७३ पराजित

५० तारानाथ दाहाल ५५९ पराजित

५१ मोख्तार अहमद ५१६ पराजित

५२ विपिन कोइराला ५०२ पराजित

५३ शङ्करप्रसाद पाण्डे ५०२ पराजित

५४ हरिबोल भट्टराई ४९१ पराजित

५५ गणेशबहादुर थापामगर ४८८ पराजित

५६ हस्तबहादुर मल्ल ४८७ पराजित

५७ टेकप्रसाद गुरुङ ४५६ पराजित

५८ मित्रसेन दाहाल ४२४ पराजित

५९ बालकृष्ण दाहाल ४११ पराजित

६० केशरमणि पोखरेल ३८२ पराजित

६१ भीमबहादुर श्रेष्ठ ३७० पराजित

६२ कृष्णबहादुर लामा ३६३ पराजित

६३ चन्द्रसिंह भट्टराई ३४९ पराजित

६४ रामबहादुर बिष्ट ३३४ पराजित

६५ विनोद कायस्थ ३२५ पराजित

६६ देवप्रकाश त्रिपाठी ३१३ पराजित

६७ मार्शल जुलुम शाक्य २८१ पराजित

६८ कुमार रेग्मी २६६ पराजित

६९ हाजी मोहम्मद अब्दुल मिया २५० पराजित

७० बसन्तकुमार गौतम २४१ पराजित

७१ हरि अधिकारी २३५ पराजित

७२ नारायण शर्मा पौडेल २३४ पराजित

NC DECLARES OPEN COMPETITION WINNERS FOR CWC September 27 2010

The vote-count for the 25 seats in the Central Working Committee has been finalized by Nepali Congress. Of the total seats the sushil panel has acquired 14 seats whereas the Deuba panel secured 11 seats in the CWC of the party from the open competition. Gagan Thapa and Arjun Narsingh KC scored higher than the party president Sushil Koirala. The results for the 25 seats in the open competition are:

Nominees Votes Recieved

1) Gagan Thapa 2061

2) Arjun Nar Singh KC 2024

3) Khum Bahadur Khadka 1791

4) Sashank Koirala 1767

5) Pradeep Giri 1749

6) Sujata Koirala 1739

7) Ram Chandra Poudel 1703

8) Ram Sharan Mahat 1699

9) Balkrishna Khand 1606

10) N P Saund 1555

11) Sekhar Koirala 1531

12) Mahesh Acharya 1501

13) Minendra Rijal 1435

14) Chandra Bhandari 1368

15) Prakash Sharan Mahat 1386

16) Krishna Prasad Sitoula 1363

17) Narayan Khadka 1340

18) Balbahadur KC 1286

19) Gopal Man Shrestha 1286

20) Purna Bahadur Khadka 1246

21) Shankar Bhandari 1219

22) Kul Bahadur Gurung 1155

23) Manmohan Bhattarai 1080

24) Gyanendra Karki 1068

25) Deepak Kmr Upadhya 1020