Friday, April 09, 2010

नेतृत्वको लागि विवाद छैन ---शेरबहादुर देउवा वरिष्ठ नेता, नेपाली काँग्रेस

Q.
गिरिजाप्रसाद कोइरालाको अभावमा काँग्रेस कसरी अघि बढ्छ ?
A.
गिरिजाबाबु नेपाली काँग्रेसको मात्रै होइन यो मुलुककै अभिभावक हुनुहुन्थ्यो । उहाँ नेपालको राजनीतिमा उहाँ सबैको पि्रय हुनुहुन्थ्यो । उहाँको अभावमा काँग्रेसलाई अघि बढ्नका लागि धेरै चुनौती र अप्ठ्यारा छन् तर पनि गिरिजाबाबुको जुन सपना छ मुलुकमा शान्ति स्थापना होस् र नयाँ संविधान बनोस् र सहमति सहकार्य तथा एकताको राजनीति अघि बढोस् भन्ने उहाँको चाहनालाई हामी पूरा गरेरै छाड्छौं । गिरिजाबाबुले अघि सार्नुभएको विचारलाई लिएर अब काँग्रेस अघि बढ्छ ।
Q.
भनेपछि अब काँग्रेसमा नेतृत्वको लागि होडबाजी हुँदैन ?
A.
अहिले होडबाजी गर्ने बेलै होइन । काँग्रेस एक छ एकताका साथ अघि बढ्छ । हामी सबैको चाहना शान्ति संविधान र लोकतन्त्रलाई संस्थागत विकास गर्ने हो । त्यसमा काँग्रेस एक ढिक्कासाथ अघि बढ्छ र गिरिजाप्रसाद कोइरालाको विचार दृष्टिकोण र मार्गनिर्देशनलाई आत्मसात् गरेर काँग्रेसले समय तथा परिस्थितिलाई पनि सही अनि सूक्ष्म तरिकाले विश्लेषण गरेर मुलुकमा देखिएको सबै समस्याको दीर्घकालीन समस्या समाधानको लागि अग्रसर हुन्छ ।
Q.
काँग्रेसमा नेतात्रयको अवधारणाले विवाद देखियो नि त ?
A.
त्यो तपाईंहरुको मिडियाले बनाएको विवाद हो । काँग्रेसमा कुनै किसिमको विवाद छैन । हामी एक छौं एक भएर काँग्रेसलाई हाँकेर सशक्त र प्रभावकारी रुपमा अघि बढाउँछौं । हामी तीन जनामा कुनै विवाद छैन । हामी तीन एक हौं र छौं पनि । काँग्रेसलाई सामूहिक रुपमा अघि बढाउने प्रण गर्दछौं ।
Q.
नेतात्रयमा को वरिष्ठ र को कनिष्ठ भन्ने विवाद त देखियो नि ?
A.
हामीमा त्यस्तो कुनै विवाद छैन । अहिले वरिष्ठ र को कनिष्ठको कुरा पनि छोडिदिनोस् । हामी एकता र सहमतिका साथ अघि बढ्छौं ।
Q.
काँग्रेसमा तपाईले गिरिजाबाबुपछि मै नेता हुँ भन्नुभएको छ नि ?
A.
अहिले त्यो कुरा पनि छोडिदिनोस् । अब छिटो महाधिवेशन गर्नुपर्छ । महाधिवेशनले नै काँग्रेसको नयाँ बाटो तय गर्ने छ । अहिले हामी सबै मिलेर १२औं महाधिवेशन सम्पन्न गर्नेतिर लागिपर्नुपर्छ । त्यसैले को सिनियर र जुनियर भन्ने कुरातिर नलागौं । पार्टीलाई एक बनाएर कार्यकर्ताको भावना र जनचाहनाअनुरुप अघि बढ्नुपर्छ ।
Q.
भनेपछि गिरिजाबाबुपछि तपाईं नै काँग्रेसको सभापति हुनुहोला नि ?
A.
पहिला पार्टीको महाधिवेशनको मिति घोषणा हुन दिनुस् । अनि त्यसपछि सबै साथीलाई बोलाएर मात्र म निर्णय गर्नेछु । अहिले सबै कुरा म भन्न चाहन्नँ ।
Q.
समयावधिभित्र संविधान लेख्ने आधारचािहं के छ ?
A.
हेर्नोस्- हामी प्रमुख दलहरु एक भएर सहमतिका साथ गयौं भने ५६ दिनमा संविधान लेख्न सिकंदैन भन्ने पक्षमा म छुइनँ । जेठ १४ गते संविधान जारी हुनलाई १ महिनामा शान्ति प्रकि्रया टुंग्याउने र बाँकी १ महिनामा संविधान लेख्नका लागि छुट्यायौं भने संविधान पनि समयभित्रै जारी हुन्छ र शान्ति प्रकि्रया पनि समयमै निष्कर्षमा पुग्छ ।
Q.
पहिला संविधान जारी गर्ने कि शान्ति प्रकि्रया निष्कर्षमा पुर् याउने ?
A.
पहिला शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउनुपर्छ अनिमात्र संविधान जारी हुन्छ । त्यसमा काँग्रेसको प्रस्ट दृष्टिकोण छ । पहिला सेनाको रेखदेख समायोजन र व्यवस्थापन गर अनि नयाँ संविधान जारी गरी मुलुकलाई सहमतिका साथ अघि बढाऔं ।
Q.
सरकार त ढल्ने भयो होइन ?
A.
यो सरकार अहिले ढाल्ने कुरै छैन । यसले आपुनो जिम्मेवारी पूरा गरेर चुनाव गराएर नयाँ सरकारलाई सत्तँ हस्तान्तरण गरेरमात्रै आफ्नो एजेन्डा पूरा हुन्छ ।
Q.
प्रधानमन्त्री माधव नेपाललाई ढाल्न त भित्रभित्रै खेल भइरहेको छ रे नि ?
A.
काँग्रेसको यो सरकारलाई पूर्ण समर्थन छ । अब अन्त के खेल भइरहेको छ- मलाई थाहा छैन । अहिले संविधान बन्न २ महिना बाँकी रहेको अवस्थामा सरकार परिवर्तन गर्ने पक्षमा म छुइनँ ।
Q.
उच्चस्तरीय संयन्त्रमा संयोजक को बन्ने भन्नेबारे पनि विवाद छ नि ?
A.
मैले त त्यस्तो कुनै विवाद देखेको छैन । उच्चस्तरीय संयन्त्रको संयोजक काँग्रेसको सभापति गिरिजाप्रसाद कोइराला हुनुभएको हो । उहाँको शेषपछि स्वतः काँग्रेसले त्यसको नेतृत्व लिनुपर्छ भन्ने पक्षमा हामी छौं ।
Q.
संयन्त्रको संयोजक काँग्रेसलाई दिन माओवादी तयार छैन नि ?
A.
त्यो कुरा पनि हामी बसेर टुंग्याउँछौं । संयन्त्रको संयोजक को हुनेबारे तीन दलबीच सहमति हुन्छ । आउने बैठकले त्यसको निर्णय गर्छ । यो ठूलो विवादको विषय नै होइन ।
Q.
काँग्रेसभित्रै संयन्त्रको संयोजक को बन्ने भन्नेबारे पनि विवाद देखियो नि त ?
A.
काँग्रेसभित्र त्यस्तो कुनै विवाद पनि छैन । संयन्त्रको संयोजक संयन्त्रकै बैठकले निर्णय गर्ने कुरा हो । यसमा ठूलो विवादको विषय बन्लाजस्तो मलाई लाग्दैन ।