भीमबहादुर तामाङसँगको मेरो निकटता त्यति पुरानो होइन । पछिल्लो चार वर्ष
भीम दाइसँग निकट हुन पाउनु नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।
आदर्श र निष्ठाको राजनीतिका भीष्म पितामहका रूपमा परिचित भीमबहादुर तामाङको
मृत्युमा सारा देश शोकाकुल बन्यो । विदेशमा रहेका लाखौँ नेपाली भावविह्वल
भए । भीमबहादुर तामाङको निधनले आदर्श, निष्ठा र त्यागको राजनीति
गर्नेहरूलाई झनै मर्माहत बनायो । कुरामा भन्दा व्यवहारमा समाजवादी
व्यक्तित्व भीमबहादुर तामाङको जिन्दगीका प्रत्येक क्षण महत्त्वपूर्ण
शिक्षाका रूपमा रहेका छन् ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल १५औँ पटक प्रधानमन्त्रीको निर्वाचनमा लड्दै थिए । सोही समयमा आदिवासी जनजाति आन्दोलन उत्कर्षमा पुगेको थियो । भारतबाट जनतादल युनाइटेडका एक केन्द्रीय सदस्यलगायत केही प्राध्यापक त्यतिवेला नेपाल भ्रमणमा थिए । ती केन्द्रीय सदस्यले एकपटक भीमबहादुर तामाङसँग भेट गराइदिन आग्रह गरेपछि तामाङकै निर्देशनअनुसार उहाँकै निवासमा भेटघाटको योजना तय भयो । भेटघाटको सुरुवातदेखि नै तामाङ त्यति खुसी देखिनुहुन्नथ्यो । औपचारिक कुराको सुरुवातमै ती भारतीय नेताले 'नेपाल जनजाति आन्दोलनको चक्रव्यूहमा भासियो । तपाईंजस्तो मान्छे प्रधानमन्त्रीका लागि अग्रसर हुनुपर्यो । लोकतन्त्र बचाउने र जनजाति आन्दोलन कमजोर बनाउने यो नै बलियो उपाय हो मात्र के भनेका थिए, भीमबहादुर तामाङ कड्किए, 'हिन्दुस्तान किन जहिले पनि छिमेकीको आन्तरिक समस्यामा भित्र छिरेर आफ्नो भूमिका खोज्छ ?'
०३२ सालमा भारतमा संकटकाल घोषणापछि बिपी कोइरालालाई आफ्नै निवासमा नजरबन्द गरेको प्रसंग कोट्याउँदै तामाङले थपे, 'हामीले जति हिन्दुस्तानको भलाइका लागि लड्यौँ, बदलामा हिन्दुस्तान सरकारकै अविवेकी निर्णयले गर्दा भारतमा असुरक्षित महसुस गरी ०३३ सालमा मेलमिलापको नीति अवलम्बन गर्नुपर्यो ।' पार्टीको निर्णयभन्दा एक इन्च पनि दायाँबायाँ नसोच्ने र आत्मनिर्भरभन्दा परनिर्भर बनाउने जनजाति आन्दोलनलाई आफूले कुनै टीका-टिप्पणी नगर्ने निष्कर्षपछि ती टोली तीन छक पर्यो । राष्ट्रियताको सवालमा कसैसँग कुनै पनि सम्झौता नगर्ने बरु बलिदानका लागि पछि नहट्ने हठी स्वभावका भीमबहादुर तामाङको कात्तिक २४ गतेको वसन्तपुर डबलीको भाषण राष्ट्रियताकै मुद्दामा केन्दि्रत थियो । नेपालका राजनीतिक दलको अकर्मण्यताकै कारण विदेशी शक्ति हाबी भएको उहाँको भनाइ थियो ।
अत्यन्तै सामान्य रहनसहनका प्रतिमूर्तिका रूपमा रहनुभएका तामाङको सम्पूर्ण जिन्दगी खुला किताब थियो । उहाँको संघर्षमय जीवनका प्रत्येक क्षणले पनि महत्त्वपूर्ण सन्देश र शिक्षा प्रदान गर्नेछ । सशस्त्र युद्धका क्रममा काँधमा बन्दुक बोकेर हिँड्दा होस् या प्रजातन्त्र पुनस्र्थापनापछिका प्रतिस्पर्धात्मक राजनीतिक जीवनमा उहाँले कहिल्यै हरेस खानु भएन । सगरमाथाको शिरझैँ आफ्नो उद्देश्य प्राप्तिका लागि अडिग भएर रहनुभयो । स्वार्थकेन्दि्रत, चाकडी-चाप्लुसी, नातावाद-कृपावाद र परिवारवादको केन्दि्रयतामा रहेर उहाँले कहिल्यै राजनीति गर्नुभएन । १६ महिना कानुनमन्त्री भएर मन्त्री निवासबाट निस्कँदा उहाँको साथमा केवल लामो तुनावाला कपडाको झोला थियो, जुन झोलासँगै तामाङले स्थायी सम्बन्ध विस्तार गर्नुभयो र त्यही झोला उहाँको सारथि बन्यो ।
पछिल्ला दिनमा उहाँ दुईवटा काममा व्यस्त हुनुहुन्थ्यो । एउटा, नेपाली कांग्रेसले उहाँलाई संयोजक बनाएर आदिवासी-जनजातिका सम्बन्धमा आधिकारिक धारणा प्रस्तुत गर्न एउटा समिति बनाएको थियो । उहाँले यो कार्य सम्पन्न गरिसक्नुभएको थियो । अर्को-उहाँ बिपी शताब्दी मनाउने सचिवालयको संयोजक हुनुहुन्थ्यो । चक्र बास्तोला, डा. दिनेश भट्टराई, डा. शेखर कोइराला, प्रदीप गिरीलगायत सचिवालयका सदस्य थिए । यस वर्ष आवश्यक तयारी पूरा गरेर आगामी वर्षभरि विश्वका प्रमुख सहरमा विविध कार्यक्रम गरेर बिपी शताब्दी मनाउने कार्यक्रमका लागि उहाँ अहोरात्र खटिइरहनुभएको थियो ।
१२औँ महाधिवेशनको परिणामपश्चात् उहाँको पक्षमा ७८ मत पर्यो । उहाँको एक मत छुट्याएर बाँकी ७७ मत महाधिवेशन प्रतिनिधिले दिएका थिए । महाधिवेशनको परिणाम सार्वजनिक लगत्तै उहाँको निवास थापागाउँको कोठामा सान्त्वना दिनेको ठूलै भीड लाग्यो । तर, उहाँले उक्त परिणामलाई जोड घटाउका रूपमा कहिल्यै लिनुभएन । जोडघटाउ र विजय, पराजयको राजनीतिलाई उहाँले कुनै पनि दिन अवलम्बन गर्नुभएन । दोहोरो चरित्र बोकेका नेपाली कांगे्रसका अरू नेता-कार्यकर्ताजस्तो उहाँले कहिल्यै दोहोरो चरित्र देखाउनुभएन । तर, तीन हजारभन्दा बढी मतदाता भएको कांग्रेस महाधिवेशनमा ७७ मत पाए पनि सहानुभूति दिने र मृत्युमा शोकाकुल हुने पार्टी नेता-कार्यकर्ता भने लाखौँ ओइरिए । सादा जीवन र उच्च विचारका धनी तामाङ नेपाली राजनीतिका आदर्श पुरुष, निष्ठाका धरोहर र वास्तविक समाजवादी नेता हुनुहुन्थ्यो । आफ्नो जीवनभरि छाती खोलेर, शिर ठाडो पारेर उहाँ बाँच्नुभयो । कसैको अगाडि डगमगाउनुभएन । सम्पत्तिको नाममा उहाँको एक पाइलो जमिन थिएन । तर, पनि उहाँ पूर्ण सन्तुष्ट हुनुहुन्थ्यो । देशमा संविधान बन्न नसकेकोमा भने उहाँ सार्है निराश हुनुहुन्थ्यो । अभाव र असामान्य दैनिकीलाई पनि सामान्य र सहजतामा रूपान्तरण गर्ने क्षमता उहाँसँग थियो । साँच्चै भन्नुपर्दा भीम दाइ स्वतन्त्रताको पक्षमा लड्ने एक मात्र निःस्वार्थी अथक सेनानी हुनुहुन्थ्यो । उहाँले सत्ताका लागि कसैसँग सम्झौता गर्नुभएन ।
रत्नराज्यलक्ष्मी क्याम्पसको चिया पसलमा चिया खाँदै गर्दा दाजु जगत नेपालले मलाई भीम दाइको जीवनमा आधारित एउटा वृत्तचित्र बनाउन सल्लाह दिनुभयो । सोही सल्लाहअनुसार मैले भीम दाइको संघर्षमय जीवनलाई विभिन्न कोणबाट अध्ययन गर्न थालेँ र वृत्तचित्र निर्माणको अन्तिम तयारीमा जुटेँ । भीम दाइसँग मेरो अन्तिम भेट मंसिर १४ गते बेलुकी भएको हो । नेविसंघ केन्द्रीय समितिले झापामा आयोजना गर्न लागेको म्याराथुन दौड कार्यक्रममा जान म उहाँसँग बिदा मागेर हिँडे । १५ गते दिनभर भेटघाट र पार्टीको कार्यक्रममै व्यस्त हुने र बेलुकी एउटा भोजमा सहभागी हुने उहाँको कार्यक्रम थियो । मंसिर १६ गते बिहान पूर्वसांसद् ऋषिकेष तिवारी चिया खान मेरो कोठामा आउनुभयो । करिब डेढघन्टा बसाइपछि उहाँ निस्कनुभयो र लगत्तै उहाँले नै मलाई भीम दाइको निधनबारे भन्नुभयो । म छाँगाबाट खसेजस्तो भएँ । मलाई भीम दाइको वृत्तचित्र बनाउन सल्लाह दिने जगत नेपालले पोखराबाट फोन गर्नुभयो । मंसिर २० गते झापाबाट फर्केर भीम दाइसँग भेट्ने मेरो योजना थियो । मेरा लागि कहालिलाग्दो र निरस दिन बन्न पुग्यो । पुस १ गते उहाँ अस्टे्रलिया जाने कार्यक्रम थियो । उहाँ अस्ट्रेलियाबाट फर्केपछि वृत्तचित्र पूरा गर्ने भीम दाइ र मेरा योजना थियो । तर, अब त्यो वृत्तचित्र अधुरो नै रहने भयो । जति समय म भीमबहादुर तामाङसँग रहेँ । त्यो क्षण मेरा लागि अत्यन्तै महत्त्वपूर्ण रहे । भीम दाइसँगको सामान्य उठबसले पनि मैले भीम दाइको जीवनबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । उहाँकै आदर्श, उहाँको निष्ठा, उहाँको प्रतिबद्धता, उहाँको स्वाभिमानलाई आत्मसात् गर्दै भीम दाइले देखाउनुभएको बाटो अवलम्बन गर्नु नै उहाँप्रति सच्चा सम्मान र श्रद्धाञ्जलि हुनेछ ।
(थपलियाले तामाङको वृत्तचित्र बनाइरहेका थिए)
2069 mangsir 27 gate ko naya patrika daily